बेलायती प्रधानमन्त्रीले गलत निर्णयका लागि माफी मागिन्
काठमाडौं । बेलायतकी प्रधानमन्त्री लिज ट्रसले आफ्नो छोटो कार्यकालमा गरेका निर्णयका लागि माफी मागेकी छन् । ट्रसले सोमबार स्थानीय सञ्चार माध्यमका प्रतिनिधिसँग कुरा गर्दै आर्थिक निर्णयका लागि माफी मागेकी हुन । उनले भनिन्, ‘मैले गरेका सबै गल्तीका लागि माफी माग्छु, तर पद छाड्दिनँ ।’
नागरिकहरूलाई उनीहरूको ऊर्जा बिल उच्च रहेकोले घटाउने उद्देश्य राखेर निर्णय गरेको प्रष्टीकरण दिएकी छन । नागरिकलाई सघाउने गरी निर्णय गरिए पनि त्यो अलि तीब्र गतिमा गरिँदा गलत सावित भएको उनको स्वीकारोक्ति छ । यसैबीच सोमबार बेलायतमा अर्थमन्त्री जेरेमी हन्टले सेप्टेम्बरको मिनी बजेटमा गरिएका प्रधानमन्त्री लिज ट्रसका सबै घोषणालाई उल्ट्याएका छन् ।
खारेज गरिएका मिनी बजेट प्रावधानहरूमा नागरिकको विद्युत् महसुल घटाउन छुट दिने योजना समावेश छ । सरकारको पूर्व निर्णय उल्टाउँदै हन्टले बेलायतमा देखिएको वित्तिय संकट समाधान गर्ने प्रयास गरेका थिए । उनको निर्णयले प्रधानमन्त्री ट्रसको व्यक्तिगत राजनीतिक स्थितिमा प्रश्न उठाएको छ। हन्टले पदभार ग्रहण गरेको भोलिपल्टै प्रधानमन्त्रीले निर्णयमा गल्ती गरेको बताएका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विदेश, समाचार
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्