रुकुमपश्चिमको मुसिकोटमा सौर्य बत्ती जडान गरिने,बन्ला त झिलीमिली ?
रुकुमपश्चिम । जिल्लाको मुसिकोट नगरपालिकाले सार्वजनिक क्षेत्रमा सौर्य बत्ती जडान गर्ने भएको छ । बजारको सुरक्षाका लागि नगरपालिकाले खंलगा वजार आसपासका क्षेत्रमा ४० वटा सौर्य बत्ती जडान गर्न लागेको हो ।
नगरपालिकाले सौर्य बत्ती जडानको लागि ठेकेदारलाई जिम्मा दिइसकेको छ । पहिलो चरणमा खंलगा बजारको पुष्पलालचोकदेखि जिल्ला प्रहरी कार्यालयसम्म, माथिल्लो बजार, ब्राहटाकुरा, झुलुङ्गे पुल, बागबजार देखि पातुखोलासम्म सडक बत्ती जडान गरिन लागेको नगर प्रमुख महेन्द्र केसीले जानकारी दिए ।
यस्तै दोस्रो चरणमा सेरीगाउँ, सल्ले, सितलपोखरी लगायतका ठाउँमा सौर्य बत्ती जडान गरिने नगर प्रमुख केसीले जानकारी दिए । रातीमा आँफै बल्ने र दिनमा निभ्ने बत्ती जडान हुन लागेको हो । यसअघि खलंगा बजारको शहिदगेटदेखि पुष्पलाल चोकसम्म सौर्य बत्ती जडान गरिसकिएको छ ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #मसिकोट नगरपालिका
ताजा खबर
- १प्रचण्डसँग बिदा माग्दै जनार्दनले भने– अहिले आउँदिनँ, आवश्यक परे पछि मिलौँला
- २जेन–जी आन्दोलनमा मृत्यु भएका ४५ जना शहीद घोषणा
- ३एनआईसी एसिया बैंकको सीईओमा सुजितकुमार शाक्य नियुक्त
- ४सार्वजनिक खर्चमा मितव्ययिता कायम गरी सार्वजनिक कोषको प्रभावकारी उपयोग गर्न प्रधानमन्त्रीको निर्देशन
- ५एमाले निर्वाचनबाट भाग्दैनः शंकर पोखरेल



तपाईको कमेन्ट लेख्नुहोस्