बालेनले ठेलागाडा खोसिदिएकी शर्मिलालाई हर्क साम्पाङले एक महिनाको तलव दिने
काठमाडौं । काठमाडौं महानगरपालिकाले ठेलागाडा खोसेपछि अलपत्र परेकी शर्मिला तामाङलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एक महिनाको तलब दिने भएका छन् ।
मेयर बालेन शाहको आदेशमा नगर प्रहरी प्रमुख राजु पाण्डेले थापाथलीबाट शर्मिलाको ठेलागाडाका सामान फाल्नुका साथै गाडा लिएर गएर गएपछि उनी अहिले पनि तनावमा छिन ।
शर्मिलाले गाडा समातेर रोइरहेको फोटो र भिडिओ भाइरल भइरहेको बेला हर्कले फेसबुकमा फोटो शेयर गर्दै भनेका छन् यी बैनी को हुन् र ? यिन्लाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु, जय मान्छे । साम्पाङले तलव दिने घोषणा गरेपछि बालेनलाई नैतिक प्रश्न उब्जिएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #मेयर हर्क साम्पाङ, #शर्मिला तामाङ
ताजा खबर
- १प्रचण्डसँग बिदा माग्दै जनार्दनले भने– अहिले आउँदिनँ, आवश्यक परे पछि मिलौँला
- २जेन–जी आन्दोलनमा मृत्यु भएका ४५ जना शहीद घोषणा
- ३एनआईसी एसिया बैंकको सीईओमा सुजितकुमार शाक्य नियुक्त
- ४सार्वजनिक खर्चमा मितव्ययिता कायम गरी सार्वजनिक कोषको प्रभावकारी उपयोग गर्न प्रधानमन्त्रीको निर्देशन
- ५एमाले निर्वाचनबाट भाग्दैनः शंकर पोखरेल



तपाईको कमेन्ट लेख्नुहोस्