बागी उम्मेदवारी फिर्ता लिन गठबन्धनको २० घण्टे अल्टिमेटम, अन्यथा पार्टीबाट निकालिने
काठमाडौं । सत्तारुढ गठबन्धनले बागी उम्मेदवारी दिएकाहरुलाई फिर्ता लिन निर्देशन दिएका छन्। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनको सहमतिबिना उम्मेदवारी दिने नेता कार्यकर्तालाई बुधबार दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन गठबन्धनका शीर्ष नेताहरुले निर्देशन दिएका हुन्।
निर्वाचन आयोगले तोकेको समयसीमा भित्र उम्मेदवारी फिर्ता नलिए सम्बन्धित पार्टीहरूले निष्काशन गर्ने मंगलबार बसेको सत्ता गठबन्धनको बैठकले निर्णय गरेको विज्ञप्तिमार्फत जनाइएको छ।
सत्ता गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरु नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्दै सहमतिविपरीतका उम्मेदवारी फिर्ता गर्न सम्बन्धित पार्टीका निकायहरूलाई भूमिका खेल्न भनेका छन्।

क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #बागी उम्मेदवारी, #सत्तारुढ गठबन्धन
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्