रामेछापको मन्थली बजारमा सहकारी बैंकको शाखा स्थापना गर्न माग
रामेछाप । जिल्लाका सहकारीकर्मीहरुले राष्ट्रिय सहकारी बैंकको शाखा मन्थली बजारमा स्थापना गर्न माग गरेका छन् । राष्ट्रिय सहकारी बैंक लिमिटेड चरिकोट शाखाले सोमबार मन्थलीमा आयोजना गरेको कार्यक्रममा सहभागीहरूले सहकारीहरूको रकम सहकारी बैंकमा परिचालन गरी सहकारी अभियानलाई प्रभावकारी बनाउन सहकारी बैंकको शाखा स्थापना गर्न माग गरेका हुन ।
कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले सहकारीहरूलाई संस्थागत रूपमा सक्षम बनाउन र वित्तीय रूपमा सुशासन युक्त बनाउन सहकारी बैंक र नगरपालिकाबिच समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए । सहकारी बैंकको शाखा मन्थलीमा सञ्चालनका लागि नगरपालिकाको तर्फबाट सक्दो सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले शाखा सञ्चालनका लागि आग्रह गरे ।
जिल्ला सहकारी संघ रामेछापका अध्यक्ष हिमाल ढुङ्गेल र जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जगन्नाथ दाहालले सहकारी बैङ्कका अध्यक्ष के.बी. उप्रेतीलाई ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा अध्यक्ष के.बी.उप्रेतीले मन्थली लगायतका अन्य स्थानमा बैंकको शाखा सञ्चालनको लागि आवश्यक प्रक्रिया भइरहेको जानकारी दिएका थिए ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, समाचार
ट्याग : #राष्ट्रिय सहकारी बैंक, #लिमिटेड चरिकोट
ताजा खबर
- १मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन उत्सुक रहेको प्रधानमन्त्री शाहको प्रतिबद्धता
- २उपसभामुखको निर्वाचन चैत २७ गते हुने
- ३सरकारले बढायो झण्डै २२ प्रतिशतसम्मले सार्वजनिक यातायातको भाडा
- ४सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि शेरबहादुर देउवा र आरजुविरुद्ध पक्राउ पुर्जी जारी
- ५चार वटा संसदीय समितिका सभापतिले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्