अमेरिकाका गोप्य दस्तावेज लिक गर्ने स्नोडेनलाई रुसले दिने भयो नागरिकता
काठमाडौं । अमेरिकाका गोप्य दस्तावेजहरु सार्वजनिक गरेको आरोप खेप्दै आएका एडवर्ड स्नोडेनलाई रुसले नागरिकता दिने जनाएको छ ।
स्नोडेनलाई रुसको नागरिकता दिन राष्ट्रपति भ्लादिमिर पुटिनले निर्देशन दिइसकेको बीबीसीले जनाएको छ । स्नोडेनले सन् २०१३ मा गोप्य सरकारी दस्तावेज लिक गरेका थिए ।
ती दस्तावेजहरुमा अमेरिकाका गुप्तचरहरुले अन्तर्राष्ट्रियस्तरमा कसरी निगरानी गरिरहेका छन् भन्ने उल्लेख रहेको थियो । स्नोडेनलाई रुसले सन् २०२० मा स्थायी निवासको अधिकार दिएको थियो ।
क्याटेगोरी : राजनीति, विदेश, समाचार
ट्याग : #अमेरिकाका गोप्य, #गोप्य दस्तावेज
ताजा खबर
- १सौराहामा रास्वपाको विस्तारित बैठक शुरु (तस्बिरसहित)
- २बाबुराम भट्टराईको छलफलमाः जनार्दन शर्मादेखि डिपी अर्यालसम्म
- ३सुधनले मागे गृहमन्त्रीको राजीनामा, जेन–जीको माग पूरा नभए चुनाव हुन नदिने चेतावनी
- ४गृहमन्त्री अर्यालद्वारा पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ताः आन्दोलनमा जलेको घरको निरीक्षण
- ५समाजवादीसँगको एकता ऐतिहासिक र असाधारणः संयोजक दाहाल



तपाईको कमेन्ट लेख्नुहोस्