विश्व पर्यटन दिवसः नारा पर्यटनका लागि पुनर्विचार गरौँ
काठमाडौं । पर्यटनका लागि पुनर्विचार गरौँ ’ नाराका साथ ४३ औँ विश्व पर्यटन दिवस मनाइँदै छ। दिवसका अवसरमा नेपालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहत निकाय एवं सरोकारवाला संस्थाले विभिन्न कार्यक्रम गर्दैछन्। नेपाल विशेषगरी साहसिक पर्यटन र धार्मिक पर्यटनका लागि अन्तर्राष्ट्रिय जगतमा प्रख्यात छ।
पछिल्लो समयमा पर्यटनमा विविधिकरण र ब्राण्डिङमा नयाँ–नयाँ क्षेत्र पहिचान र विकास भएका छन्। सरकारले कोरोना महामारीपछि नेपालको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्ने गरी पर्यटन क्षेत्रको विकास र विस्तार गर्न पूर्वाधार निर्माण, यस क्षेत्रका उद्योगी व्यवासायीका लागि विभिन्न राहत तथा छुट सुविधाका साथै प्रवर्धनात्मक कार्यक्रम अगाडि बढाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ। हालै सरकारले नेपालको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना,२०७९ ल्याएको छ।
यसले नेपालको पर्यटन क्षेत्र पुनरुत्थान गर्न विभिन्न कार्यक्रम अगाडि बढाएको छ। कार्ययोजना अन्तर्गत सन् २०२३ देखि २०३२ लाई नेपाल भ्रमण दशक मनाउने घोषणा गरिएको छ। दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै पर्यटन मन्त्री जीवनराम श्रेष्ठले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा सुरक्षित र भरपर्दो पर्यटकीय गन्तव्यको रूपमा प्रचार प्रसार गर्न आग्रह गरेका छन्।
क्याटेगोरी : पर्यटन, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #पर्यटन, #पर्यटन तथा नागरिक, #पर्यटन दिवस
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्