रुकुमपूर्वमा बस दुर्घटना, आमा छोरासहित पाँच जनाको मृत्यु

काठमाडौं । काठमाडौबाट रुकुमकोटतर्फ आउँदै गरेको यात्रुबाहक बस रुकुम पूर्वमा दुर्घटना भएको छ । बिहिबार जिल्लाको भूमे गाउँपालिका वडा नम्बर ३ क्याङसिबगर नजिकै ग १ ख ९१०९ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या ५ पुगेको छ ।
मृत्यु हुनेमा रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ८ चारगाउँका ३६ वर्षिय पूर्णबहादुर बुढा, भूमे गाउँपालिका वडा नम्बर ५ डालिबाङका वर्ष २३ का बुद्धिमान बुढा, सिस्ने गाउँपालिका वडा नम्बर ६ का २ वर्षिय बालक सिजन खड्का र उनकी आमा ४० वर्षिया लक्ष्मी खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस चालक रामेछाप घर भएका २६ वर्षिय लिलाभक्त श्रेष्ठको पनि मृत्यु भएको छ । २ वर्षिय बालक सिजन र बुद्धिमानको जिल्ला अस्पताल रुकुमकोटमा मृत्यु भएको हो भने बाँकी ३ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै दुर्घटनामा परेर घाइते भएका ४ जनालाई उपचारका लागि हेलिकप्टरमार्फत कोहलपुर लगिएको छ ।
सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकोप्टरले घाइतेहरु लालबहादुर खड्का, साइमान खड्का, निरुता थापा र डम्बर नेपालीलाई थप उपचारको लागि कोहलपुर लगिएको हो । दुर्घटनमा परि अन्य ८ जना घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल रुकुमकोटमा उपचार भइरहेको छ । बस सडकबाट करिब ५० मिटर तल खसेको थियो । बसमा १७ जना यात्रु सवार थिए । बस अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्