पाउलान त प्रधानमन्त्री र मन्त्रीहरुले मंसिरको चुनाव प्रचारमा जान
काठमाडौं । निर्वाचन आयोगले राजपत्रमा प्रकाशित गरेको निर्वाचन आचारसंहिताप्रति प्रमुख राजनीतिक दलहरुले असन्तुष्टि जनाएपछि उनीहरुलाई छलफलका लागि बोलाएको छ । आयोगले समसामयिक विषयमा छलफल गर्न प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दललाई बोलाएको जनाएको छ ।
बुधबार १२ बजे आयोगको कार्यालयमा छलफलका लागि सवै दललाई नभएर १२ वटा राजनीतिक दललाई मात्र बोलाएको हो । निर्वाचन आयोगले प्रधानमन्त्री र मन्त्रीहरुलाई मंसिरको चुनाव प्रचारमा जान नदिने आचारसंहिता राजपत्रमा प्रकाशन गरेपछि सत्तारुढ र प्रमुख प्रतिपक्ष दुवैले असन्तुष्टि जनाएका छन् ।
प्रकाशित निर्वाचन आचारसंहितामा कुनै पनि मन्त्री र स्थानीय तहका जनप्रतिनिधिहरु राजनीतिक दलको मुख्य प्रचारक र प्रचारक भई खटिन नपाउने व्यवस्था छ । आयोगले असोज १ गतेदेखि आचारसंहिता लागू गर्ने तयारी गरेको छ। त्यसका लागि दलहरुको प्रतिवद्धताका लागि निर्वाचन आयोगले बोलाएको हो। मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #निर्वाचन आचारसंहिता
ताजा खबर
- १वैकल्पिक शक्तिहरुलाई कुलमानको आह्वानः ‘परिवर्तनलाई परिणाममा बदल्न एकै ठाउँमा उभिऔँ’
- २सरकारले निर्वाचनको वातावरण बनाओस्ः प्रगतिशील लोकतान्त्रिक पार्टी
- ३राप्रपाले ज्ञानेन्द्र शाहीलाई दियो आन्दोलनको कमाण्ड, मंसिर २३ मा बृहत् जनप्रदर्शन गर्ने
- ४सरकारले कुनै आग्रह–पूर्वाग्रह नराखोस्, तोकिएकै मितिमा चुनाव हुनुपर्छः प्रचण्ड
- ५पुस २६ देखि २८ सम्म महाधिवेशन गर्ने काँग्रेसको निर्णय



तपाईको कमेन्ट लेख्नुहोस्