न्यायाधीशहरुलाई प्रलोभन दिएर मलाई महाअभियोग लगाइयोः जवरा
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूमाथिको महाअभियोग प्रस्ताव राजनीतिक भएको भन्दै असार २८ को फैसलापछिका घटनाक्रम मुख्य जड रहेको बताएका छन ।
महाअभियोग सिफारिस समितिमा बयान दिदै राणाले राजनीतिक मुद्दाहरुमा भएका फैसलाका कारण महाअभियोग लागेको र असार २८ को फैसला मुख्य जड रहेको बताएका हुन ।
जवराले भने केही राजनीतिक मुद्दाको परिणामबाट फैसलामा पूर्व अनुमान गरेर न्यायाधीश र प्रधानन्यायाधीशको बीचमा विभेद गराइयो । केहीलाई हौसला दिइयो, केहीलाई आश्वासन दिइयो, र प्रधानन्याधीशको पद केही पर राख्नुपर्छ, काम गर्न दिनुहन्न भन्ने वातावरण सिर्जना गर्न सबै क्रियाकलाप भयो ।
आफूमाथि लागेका सबै आरोप झुटा भएको भन्दै जबराले महाअभियोग प्रस्ताव खारेज हुनुपर्ने उनले दाबी गरेका छन । महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग ४३ प्रश्न सोधेर सकिएको छ । जबरासँग सबै प्रश्न सोधेर मंगलबार सकिएपछिसमितिले संसदको यो कार्यकालभित्रै निलम्बित प्रधानन्यायाधीश जबराबारे निर्णयमा पुग्ने बताइएको छ ।
जबरासँग जोडिएका विषयलाई अन्तिम रुप दिन भदौ २९ गते समेत बैठक बोलाइएको समितिले जनाएको छ । बुधबार बिहान नौ बजे समितिको बैठक बोलइएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #चोलेन्द्र शमशेर जबरा, #महाअभियोग प्रस्ताव
ताजा खबर
- १पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
- २एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो
- ३१५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा
- ४रवि लामिछाने चितवन हुँदै भैरहवा जाने
- ५काठमाडौँमै रोकिए रवि लामिछाने,भैरहवामा मौसम खराव



तपाईको कमेन्ट लेख्नुहोस्