धनगढीमा डा. गोविन्द केसीले सुरु गरे २० औं सत्याग्रह, पत्रकारसँग बोल्दाबोल्दै भक्कानिए
काठमाडौं । सत्यााग्राही प्रा. डाक्टर गोविन्द केसीले धनगढीमा फेरि सत्याग्रह सुरु गरेका छन् । उनले सोमबार साँझ साढे ५ बजेदेखि धनगढी एलएन चोकस्थित कृष्ण मन्दिरको गीता सत्सङ्ग भवनमा आफ्नो २० औं पटकको सत्याग्रह सुरु गरेका हुन् ।
सत्याग्राह सुरु गर्नु अघि पत्रकारहरुसँग कुरा गर्दै उनले विगतका सरकारले झै अहिलेको सरकारले पनि आफ्नो मागलाई बेवास्ता गरेको गुनासो गरे ।उनले बाध्य भएर आफूले सत्याग्रहको बाटो रोज्नुपरेको बताए ।
उनले भने, ‘शीर्ष नेताहरु चाहे ओली भनौं, चाहे देउवा भनौं, चाहे प्रचण्ड, गरिबले तिरेका करबाट उपचार गराउन विदेश जाने तर उनीहरुलाई भोट दिइ नेता बनाउने गरिब नागरिकहरु उपचार नपाइ मर्नुपर्ने ? गरिबको बाँच्ने अधिकार छैन, यो अवस्थामा म मरे मर्छु ।
एक जना मर्दैमा के हुन्छ ? आमनागरिकहरु त्यतिकै मरिरहेका छन् ।’ यति बोलेपछि उनी भक्कालिएका थिए । केही बेरपछि पुनः उनले भने, ‘म आफ्नो नैतिकलाई ठूलो मान्छु । त्यसैले मैले अहिलेसम्म आफ्नो सत्याग्रहको गरिमा गिर्न दिएको छैन । भन्दै डाक्टर केसी भाबुक भएका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, शिक्षा स्वास्थ्य, समाचार, सामाजिक सञ्जाल
ट्याग : #सत्यााग्राही प्रा. डाक्टर गोविन्द केसी
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्