निहारिकाको बच्चा र आरोपीको डीएनए नमूना संकलन

काठमाडौं । निहारिका राजपुतको बच्चा र बलात्कार आरोपी शिवराज श्रेष्ठको डीएनए टेस्टको लागि नमूना संकलन गरिएको छ । आइतबार खुमलटारस्थिति विधिविज्ञान प्रयोगशालामा एकैपटक दुवैको नमूना लिइएको हो ।
आफ्नो बच्चा र आरोपीको डीएनए म्याचिङ गराउनुपर्ने माग राख्दै निहारिकाले लामो समयदेखि विभिन्न संघर्ष गर्दै आएकी थिइन् । उनको मागबमोजिम केही दिनअघि जनकपुर उच्च अदालतले डीएनए परीक्षणका लागि आदेश दिएको थियो ।
डीएनए टेस्टका लागि निहारिका बच्चा लिएर खुमलटार पुगेकी थिइन् । प्रहरीले आरोपी शिवराजलाई पनि उपस्थित गराएको थियो । बच्चा र शिवराजको थुक र रगत डीएनए परीक्षणका लागि संकलन गरिएको छ । अव डीएनए परीक्षणको रिपोर्ट आउन तीन साता लाग्छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्