Techie IT
  • २६ जेठ २०८२, आईतबार
KhojPatrika

महानगरको २४ घण्टे अल्टिमेटमपछि फनपार्कले हतार–हतार तिर्‍यो कर


काठमाडौं । काठमाडौं महानगरको अल्टिमेटमपछि भृकुटीमण्डपस्थित फनपार्कले हतार–हतार कर तिरेको छ । बिहिबार फनपार्क व्यवस्थापनले १७ लाख ३७ हजार मनोरञ्जन कर तिरेको हो । फनपार्कका म्यानेजर बोधराज कट्टेलले महानगलाई मनोरञ्जन कर बुझाएको जनकारी दिए ।

काठमाडौं महानगरपालिकाले बुधबार २४ घण्टे अल्टिमेटम दिएर पत्र काटेपछि सञ्चालकले भने महानगरलाई कर तिर्न बाँकी नरहेको दाबी गर्दै आएका थिए । हिजो महानगरको राजस्व विभागका प्रमुख डाक्टर शिवराज अधिकारीले फनपार्कलाई पत्र लेख्दै महानगरको बक्यौता कर (व्यवसाय कर, बहाल कर, विज्ञापन कर तथा मनोरञ्जन कर) २४ घण्टाभित्र बुझाउन ताकेता गरेका थिए ।

तोकिएको समयभित्र बक्यौता नतिरे फनपार्क ‘सिल’ गरिदिने चेतावनी पत्रमा दिइएको छ । फनपार्कले समाजकल्याण परिषदलाई मासिक ६ लाख १० हजार ५ सय रूपैयाँ भाडा तिर्ने गरेको छ । सञ्चालनमा आएको ७ वर्षपछि पहिलो पटक फनपार्कले महानगरलाई कर तिरेको हो ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं