गठबन्धनमा कांग्रेसले माग्यो १ सय सिट,माओवादी ६० र समाजवादीको ४० दावी

काठमाडौं । चुनावमा तालमेल गर्ने निर्णय गरेका सत्तारुढ गठबन्धनमा दलहरुले आ–आफनो दलले पाउनुपर्ने सिट संख्या दाबी गरेका छन् । दलहरुले प्रतिनिधिसभाको सिट बाँडफाँटमा आ–आफ्नो दाबी पेश गरेका हुन ।
नेपाली कांग्रेसले १०० र माओवादी केन्द्रले ६० सिट दाबी गरेका छन । एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टीले ३२ र राष्ट्रिय जनमोर्चाले २ सिट दाबी गरेको छ ।
हालै माओवादीको चुनाव चिन्ह लिएर चुनाव लड्ने सहमति गरेका नेताद्वय वामदेव गौतम र डा. बाबुराम भट्टराईलाई तालमेलमा कसरी समेट्ने भन्ने विषयमा वैठकले कुनै निष्कर्ष निकालेको छैन ।
सिट बाँडफाँटलाई निष्कर्षमा पुर्याउन भोलि फेरि ४ बजे बैठक बस्ने भएको छ । बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीको सम्भावित कदमका विषयमा पनि छलफल भएको थियो ।
राष्ट्रपतिले पूर्वप्रधानसेनापति लगायतसँग गरेको भेटघाट क्षेत्राधिकारभन्दा बाहिरको भएको नेताहरुले बताएका छन् । भोलि प्रदेशहरुको बारेमा विमर्श गरेर त्यसपछि प्रतिवेदन बनाइने बताइएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #कांग्रेसले १००, #चुनावमा तालमेल
तपाईको कमेन्ट लेख्नुहोस्