लामो समयपछि प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता,के–के भयो कुराकानी
काठमाडौं । लामो समयको अन्तरालपछि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बलजफ्ती गरे संक्रमणकालीन न्यायसम्बन्धी विधेयक च्यातेर फाल्ने चेतावनी दिएको पर्सिपल्ट बुधबार ओलीले दुई उपाध्यक्षलाई लिएर बालुवाटार पुगेका थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर उनले देशमा एमाले भन्ने पार्टी पनि छ भन्ने हेक्का राख्न आग्रह गरेका थिए । संवेदनशील विधेयक ल्याउँदा प्रमुख प्रतिपक्षसँग परामर्श गर्न समेत आवश्यक नठानेको भन्दै उनले देउवालाई सोधेका छन्, ‘एक्लै हिंडेर पुगिन्छ भन्ने तपाईंहरुलाई परेको हो ? सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक असार ३१ मै प्रतिनिधिसभामा दर्ता गरेको थियो ।
झण्डै एक महिना ‘पर्ख र हेर’ मा रहेको एमाले अब भने विधेयकको विपक्षमा प्रखर रुपमा आएको छ । प्रधानमन्त्री देउवासँग भएको भेट मुख्यतः यही मुद्दामा केन्द्रित थियो । एमालेको बटमलाइन छ, सरकारले ल्याएको विधेयक संशोधन गरेर पीडितमुखी नबनाए मान्य हुँदैन । एमाले स्थायी कमिटी सदस्य अग्नि खरेल भन्छन्, ‘हाम्रो चासो भनेको शान्ति प्रक्रिया टुंगो लागोस् र पीडितहरुले न्याय प्राप्त गरुन् भन्ने हो ।’
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #एमालेका अध्यक्ष केपी शर्मा ओली, #शेरबहादुर देउवा
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्