लामो समयपछि प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता,के–के भयो कुराकानी

काठमाडौं । लामो समयको अन्तरालपछि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बलजफ्ती गरे संक्रमणकालीन न्यायसम्बन्धी विधेयक च्यातेर फाल्ने चेतावनी दिएको पर्सिपल्ट बुधबार ओलीले दुई उपाध्यक्षलाई लिएर बालुवाटार पुगेका थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर उनले देशमा एमाले भन्ने पार्टी पनि छ भन्ने हेक्का राख्न आग्रह गरेका थिए । संवेदनशील विधेयक ल्याउँदा प्रमुख प्रतिपक्षसँग परामर्श गर्न समेत आवश्यक नठानेको भन्दै उनले देउवालाई सोधेका छन्, ‘एक्लै हिंडेर पुगिन्छ भन्ने तपाईंहरुलाई परेको हो ? सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक असार ३१ मै प्रतिनिधिसभामा दर्ता गरेको थियो ।
झण्डै एक महिना ‘पर्ख र हेर’ मा रहेको एमाले अब भने विधेयकको विपक्षमा प्रखर रुपमा आएको छ । प्रधानमन्त्री देउवासँग भएको भेट मुख्यतः यही मुद्दामा केन्द्रित थियो । एमालेको बटमलाइन छ, सरकारले ल्याएको विधेयक संशोधन गरेर पीडितमुखी नबनाए मान्य हुँदैन । एमाले स्थायी कमिटी सदस्य अग्नि खरेल भन्छन्, ‘हाम्रो चासो भनेको शान्ति प्रक्रिया टुंगो लागोस् र पीडितहरुले न्याय प्राप्त गरुन् भन्ने हो ।’
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #एमालेका अध्यक्ष केपी शर्मा ओली, #शेरबहादुर देउवा
ताजा खबर
- १दल स्वमूल्यांकन कार्यविधि कांग्रेस–एमालेकै चाहनामा ल्याउन लागिएको माओवादीसहितका दलहरुको निष्कर्ष
- २विप्लवसँग नारायणकाजीले गरे एक घण्टा छलफल
- ३प्रधानमन्त्री ओली र वाइपाका कार्यकारी निर्देशक इर्साहीबीच भेटवार्ता
- ४गृहमन्त्रीलाई विश्वप्रकाशको प्रश्नः जीबी राई खोई ?
- ५प्रतिनिधिसभाको बैठक एक बजे, यस्तो छ कार्यसूची
तपाईको कमेन्ट लेख्नुहोस्