इजिप्टको चर्चमा आगो लाग्दा ४१ जनाको मृत्यु
काठमाडौं । इजिप्टको राजधानी कोप्टिकस्थित चर्चमा आगो लाग्दा ४१ जनाको मृत्यु भएको छ । राजधानीको उत्तर पश्चिमस्थित इम्बाबामा रहेको अबु सिफाइन चर्चमा लागेको आगलागीको कारण भने खुलिनसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
आगलागी नियन्त्रण गर्न सम्भाव्य सबै कदम चालेको सुनिश्चित गर्न राज्यका सबै सेवाहरूलाई परिचालन गरिएको राष्ट्रपति अबदेल फताह अल सिसीले आफ्नो फेसबुक पेजमा उल्लेख गरेका छन् ।
आगो नियन्त्रणमा लिइएको अग्नि सेवाले जनाएक छन् । कोप्ट्स मध्यपूर्वमा सबै भन्दा ठूलो ईसाई समुदाय हो । इजिप्टको १०३ मिलियनमध्ये १० मिलियन मान्छे यो समुदायअन्तर्गत पर्छन् ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #इजिप्टको राजधानी, #चर्चमा आगो लाग्दा
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्