चोरबाटोबाट तलब बढाउने प्रयास असफल, १५ प्रतिशत मात्रै वृद्धि गर्ने सरकारको निर्णय
काठमाडौं । बजेटमा घोषणा गरिएको भन्दाबढी तलब बढाउने प्रयास असफल भएको छ । मन्त्रिपरिषदको साउन २६ गतेको बैठकले बजेट भाषणमा उल्लेख गरिए अनुसार १५ प्रतिशत मात्र तलब वृद्धि गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि २०७९ साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान एवम् ग्रेड स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए ।
आर्थिक वर्ष २०७९र८० को बजेट वक्तव्यमा कर्मचारीको तलब १५ प्रतिशत बढाउने घोषणा गरिएको थियो । तर, मर्यादाक्रमअनुसार मिलाउने भन्दै मन्त्रालयले अधिकृत वा सोभन्दा माथिल्लो तहको तलब २४ प्रतिशतसम्म बढाउने प्रस्ताव तयार पारेर मन्त्रिपरिषद्मा पठाएको थियो । यसविरुद्ध नायब सुब्बाहरु आन्दोलनमा छन् ।
१५ प्रतिशतले वृद्धि भएपछि मुख्य सचिवको मासिक तलब ६७ हजार १४० रुपैयाँबाट ७७ हजार २११, सचिवको ६२ हजार ६८० बाट ७२ हजार ८२, सहसचिवको ४९ हजार ३८० बाट ५६ हजार ७८७, उपसचिवको ४२ हजार ३८० बाट ४८ हजार ७३७, अधिकृतको ३७ हजार ९९० बाट ४३ हजार ६८९, नायब सुब्बाको ३० हजार २०० बाट ३४ हजार ७३० र खरदारको २८ हजार ६१० रुपैयाँबाट ३२ हजार ९०२ पुगेको छ । यो ग्रेड बाहेकको सुरुको तलब स्केल हो । मन्त्रिपरिषद बैठकले पे कमिसन (तलब आयोग) पनि गठन गरेको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #तलब बढाउने प्रयास, #तलब बढाउने प्रयास असफल, #मन्त्रिपरिषदको साउन २६
ताजा खबर
- १समाजवादीसँगको एकता ऐतिहासिक र असाधारणः संयोजक दाहाल
- २कम्युनिष्ट पार्टीहरुको एकतामा बल पु¥याउने ध्येयले नेपाली कम्युनिष्ट पार्टीको घोषणामा सहभागी भएँः झलनाथ खनाल
- ३राष्ट्रिय एकता र गणतन्त्रात्मक व्यवस्थाको रक्षा पार्टीको मुख्य कार्यभारः उपसंयोजक नेपाल
- ४नवगठित नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा दाहाल र सहसंयोजकमा नेपाल चयन
- ५प्रचण्डसँग बिदा माग्दै जनार्दनले भने– अहिले आउँदिनँ, आवश्यक परे पछि मिलौँला



तपाईको कमेन्ट लेख्नुहोस्