जापानमा किन घट्यो एक वर्षमा ७ लाख जनसंख्या ?
काठमाडौं । जापानको जनसंख्या घटिरहेको छ । जन्म भन्दा मृत्यु हुने जापानी नागरिकको संख्या बढ्दो छ। २०२२ जनवरी १ सम्म जापानको कुल जनसंख्या १ सय २५ दशमलव ९३ मिलियन थियो, जुन १९५० मा रेकर्ड गरिएको तथ्याङ्क पछि सबैभन्दा ठूलो गिरावट भएको हो ।
यो पछिल्लो सरकारी तथ्याङ्क बुधबार सार्वजनिक भएको हो। आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जारी गरेको तथ्यांक हेर्दा मृत्युको संख्याजन्म भन्दा बढि भएको छ। जापानको कुल जनसंख्या १२ करोड ५९ लाख २७ हजार ९०२ मा झरेको छ। यो तथ्यांक अघिल्लो वर्षको भन्दा ७ लाख २६ हजार ३४२ ले कम हो।
जापानी नागरिकको संख्या २०२१ मा ६ लाख १९ हजार १४० ले घटेर १२ करोड ३२ लाख २३ हजार ५६१ रहेको थियो । जसमा १४ लाख ४० हजारको मृत्यु हुदा ८ लाख १० हजारको जन्म भएको थियो। महामारीको बीचमा कडा सीमा प्रतिबन्धका कारण, जापानमा बसोबास गर्ने विदेशीहरूको संख्यामा पनि ठुलो गिरावट आएको छ।
श्रमिक जनसङ्ख्या मानिने १५ देखि ६४ वर्ष उमेर समूहका मानिसको अनुपात कुल जनसङ्ख्याको रेकर्ड ५८ दशमलव ९९ प्रतिशत रहेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ भने ६५ वर्षभन्दा माथिका मानिसको प्रतिशत २९ प्रतिशत रहेको छ।
क्याटेगोरी : राजनीति, विदेश, समाचार
ट्याग : #जापानको जनसंख्या, #नागरिकको संख्या
ताजा खबर
- १सबैलाई निर्वाचनमा भाग लिने वातावरण बनाउन सरकारले आवश्यक कदम चालोस्ः अध्यक्ष दाहाल
- २सौराहामा रास्वपाको विस्तारित बैठक शुरु (तस्बिरसहित)
- ३बाबुराम भट्टराईको छलफलमाः जनार्दन शर्मादेखि डिपी अर्यालसम्म
- ४सुधनले मागे गृहमन्त्रीको राजीनामा, जेन–जीको माग पूरा नभए चुनाव हुन नदिने चेतावनी
- ५गृहमन्त्री अर्यालद्वारा पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ताः आन्दोलनमा जलेको घरको निरीक्षण



तपाईको कमेन्ट लेख्नुहोस्