जापानमा किन घट्यो एक वर्षमा ७ लाख जनसंख्या ?
काठमाडौं । जापानको जनसंख्या घटिरहेको छ । जन्म भन्दा मृत्यु हुने जापानी नागरिकको संख्या बढ्दो छ। २०२२ जनवरी १ सम्म जापानको कुल जनसंख्या १ सय २५ दशमलव ९३ मिलियन थियो, जुन १९५० मा रेकर्ड गरिएको तथ्याङ्क पछि सबैभन्दा ठूलो गिरावट भएको हो ।
यो पछिल्लो सरकारी तथ्याङ्क बुधबार सार्वजनिक भएको हो। आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जारी गरेको तथ्यांक हेर्दा मृत्युको संख्याजन्म भन्दा बढि भएको छ। जापानको कुल जनसंख्या १२ करोड ५९ लाख २७ हजार ९०२ मा झरेको छ। यो तथ्यांक अघिल्लो वर्षको भन्दा ७ लाख २६ हजार ३४२ ले कम हो।
जापानी नागरिकको संख्या २०२१ मा ६ लाख १९ हजार १४० ले घटेर १२ करोड ३२ लाख २३ हजार ५६१ रहेको थियो । जसमा १४ लाख ४० हजारको मृत्यु हुदा ८ लाख १० हजारको जन्म भएको थियो। महामारीको बीचमा कडा सीमा प्रतिबन्धका कारण, जापानमा बसोबास गर्ने विदेशीहरूको संख्यामा पनि ठुलो गिरावट आएको छ।
श्रमिक जनसङ्ख्या मानिने १५ देखि ६४ वर्ष उमेर समूहका मानिसको अनुपात कुल जनसङ्ख्याको रेकर्ड ५८ दशमलव ९९ प्रतिशत रहेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ भने ६५ वर्षभन्दा माथिका मानिसको प्रतिशत २९ प्रतिशत रहेको छ।
क्याटेगोरी : राजनीति, विदेश, समाचार
ट्याग : #जापानको जनसंख्या, #नागरिकको संख्या
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्