सिट बाँडफाँड गर्न कार्यदल समितिको बैठक बस्दै
काठमाडौं । सत्तारुढ दलहरुले सिट बाँडफाँडको खाका बनाउन गठन गरेको कार्यदलको बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे बालुवाटारमा बस्ने गरी बोलाइएको छ ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन दलबीच तालमेलको खाका बनाउन सत्तारुढ पाँच दलले ११ सदस्यीय कार्यदल गठन गरेका छन्। कार्यदलमा कांग्रेसबाट ३ र अन्य दलबाट २–२ जना सदस्य छन्।
यसअघि साउन २३ गते बसेको कार्यदलको पहिलो बैठकले नेपाली कांग्रेसका नेता कृष्ण सिटौलालाई कार्यदल संयोजक चयन गरेको थियो। कार्यदलले सबै दललाई सम्मानजनक सिट बाँडफाँटको खाका तयार गरेर साउन मसान्तभित्र शीर्ष नेतालाई दिएपछि शीर्ष नेताले यसको टुंगो लगाउने तयारी छ।
आगामी निर्वाचनका लागि कांग्रेसले ६० प्रतिशत सिटमा दाबी गर्ने तयारी गरेको छ। तर, माओवादी केन्द्र र एकीकृत समाजवादीको दाबी पनि धेरै सिटमा भएका कारण कार्यदललाई खाका तयार गर्न कठिन हुने देखिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #सत्तारुढ दल, #सिट बाँडफाँड
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्