बर्खास्तमा परेका हाकिम नै हाजिर गर्न कार्यालयमा, के–के गरे काम ?
काठमाडौं । कुनै पनि ब्यक्ती पदबाट हटाइएपछि कार्यालयमा जाँदैनन् । आफ्ना भएका केही सामान पनि अरु ब्यक्तीबाटै आफनो निवाससम्म ल्याउन लगाउछन् । तर, एक जना संस्थाका कार्यकारी अध्यक्ष भने सरकारले बर्खास्त गर्दा समेत कार्यालयमा आएर हाजिर धस्काइरहेका छन् ।
सरकारले शुक्रबार बर्खास्त गरेका नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी आइतबार कार्यालयमा आएर हाजिर भएका छन् । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले उनलाई बर्खास्त गरेको थियो । भोलिपल्ट शनिबार भएका कारण उनले बर्खास्तको चिठ्ठी नपाएको भन्दै कार्यालयमा हाजीर गरेको बताइएको छ ।
सामान्यतयाः सरकारले बर्खास्त गरेपछि नेतृत्वमा बस्नेहरु कार्यालय गएको साहेद यो पहिलो घटना हो । सरकारले अघिल्लो महिना उनलाई निलम्बन गरेको थियो । निलम्बनको निर्णय सर्वोच्च अदालतले उल्टाइदिएपछि उनी काममा फर्किएका थिए ।
सरकारले विभिन्न अभियोगमा छानबिन सुरु गरेपछि निलम्बनमा परेका उनलाई शुक्रबार बर्खास्त गरिएको थियो । तर, कार्यालयमा कर्मचारीमाथि दुरब्र्यबहार गरेको आरोप लागेका उनै अधिकारी सरकारले बर्खास्त गर्दा समेत कार्यालयमा आएर हाजिर गरिरहेका छन् । बर्खास्तमा परेका अध्यक्ष सेवा सुविधा सहित कार्यालय आउदा कर्मचारी भने आश्चार्यमा परेका थिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष, #युवराज अधिकारी
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्