Techie IT
  • २ असार २०८२, सोमबार
KhojPatrika

जापान पुगेर किन बोले प्रचण्डले झुट, भेटे भनिएका सिन्जो आबे नेपाल आएकै थिएनन्


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ५ दिने जापान भ्रमणका लागि टोकियो पुगेका छन् । नरिता अन्तर्राष्ट्रिय विमानस्थलमा प्रचण्डलाई जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीलगायतका दूतावासका अधिकारीले स्वागत गरेका छन् ।

त्यस्तै जनप्रगतिशील मञ्च, जापानका पदाधिकारीसहित प्रवासी नेपाली पनि उनको स्वागतमा पुगेका थिए । सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेलाई भेट्ने इच्छा पूरा नभएको बताए । गत जुलाई ८ मा चुनावी सभालाई सम्बोधन गरिरहेकै बेला एक बन्दुकधारीले गोली हानेर आबेको हत्या गरेका थिए ।

आबे माग र मूल्य बढाएर घरेलु अर्थतन्त्रलाई प्रबर्द्धन गर्ने अर्थनीतिमा सफल भएका थिए । प्रचण्डले आबेसँग आफ्नो सम्बन्ध राम्रो भएको पनि दाबी गरे । त्यस्तै पूर्वप्रधानमन्त्रीका रूपमा सिन्जो आबे नेपाल भ्रमणमा आउँदा आफूसँग २ ३ पटक कुराकानी भएको प्रचण्डले दाबी गरेका थिए । दाहालले आबेलाई भेट्ने इच्छा पूरा नभएको उल्लेख गर्दै भने, म जापान आउने तय भएसँगै पूर्वप्रधानमन्त्री सिन्जो आबेसँग भेट्नका लागि समय मिलाउन खोजेको थिएँ ।

नेपाल आउदा भेटेको भनिएका आबे दुई पटक जापानका प्रधानमन्त्री भएका बेला नेपाल भ्रमणमा आएको कुनै रेकर्ड छैन । अहिलेसम्म जापानबाट एक पटक बहालवाला प्रधानमन्त्री नेपाल भ्रमणमा आएका छन् । सन् २००० मा जापानका तत्कालीन प्रधानमन्त्री योसिरो मोरी नेपाल भ्रमणमा आएका थिए । आबे प्रधानमन्त्री वा पूर्वप्रधानमन्त्रीका रुपमा नेपाल भ्रमणमा नआएको परराष्ट्रका जानकारहरुले बताएका छन् ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, #प्रचण्ड

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं