पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल घुससहित पक्राउ,फेला पर्यो २२ लाख रकम
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस सहित रंगेहात पक्राउ गरेको छ ।
उनलाई नक्साल नागपोखरीको एक होटलबाट रंगेहात पक्राउ गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । उनी ६ लाख घुस सहित पक्राउ परेका हुन । अनुसन्धानका क्रममा उपसचिव नेपालले प्रयोग गरेको बा १ झ ९९ ४६ नम्बरको सरकारी गाडी नियन्त्रणमा लिइएको छ ।
उनको गाडीबाट समेत १६ लाख नगद समेत भेटिएको प्रवक्ता भण्डारीले जानकारी दिए । बरामद भएको नगद रकमबारे छानबिन शुरु गरिएको पनि प्रवक्ता भण्डारीले जानकारी दिए ।
पर्यटन व्यवसाय दर्ताका लागि घुस मागेको आरोपमा उनीविरुद्ध अख्तियारमा उजुरी परेको थियो । उजुरीपछि अख्तियारको टोलीले उनलाई घुस सहित पक्राउ गरेको बताइएको छ । नेपाल मन्त्रालयको हवाई उद्योग तथा अन्तर्राष्ट्रिय सम्बन्ध शाखाको प्रमुखको जिम्मेवारीमा थिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #उपसचिव प्रमोद नेपाल, #घुस सहित रंगेहात
ताजा खबर
- १समाजवादीसँगको एकता ऐतिहासिक र असाधारणः संयोजक दाहाल
- २कम्युनिष्ट पार्टीहरुको एकतामा बल पु¥याउने ध्येयले नेपाली कम्युनिष्ट पार्टीको घोषणामा सहभागी भएँः झलनाथ खनाल
- ३राष्ट्रिय एकता र गणतन्त्रात्मक व्यवस्थाको रक्षा पार्टीको मुख्य कार्यभारः उपसंयोजक नेपाल
- ४नवगठित नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा दाहाल र सहसंयोजकमा नेपाल चयन
- ५प्रचण्डसँग बिदा माग्दै जनार्दनले भने– अहिले आउँदिनँ, आवश्यक परे पछि मिलौँला



तपाईको कमेन्ट लेख्नुहोस्