अल कायदाका नेता अमेरिकी ड्रोन आक्रमणमा मारिए
काठमाडौं । अमेरिकी मानवरहित विमान (ड्रोन) आक्रमणमा अफगानिस्तानमा अल कायदाका एक नेता मारिएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले अल कायदा नेता यामन अल जवाहिरी मारिएको पुष्टि गरेका हुन्।
अमेरिकाको केन्द्रीय अनुसन्धान ब्यूरोले चलाएको आतंकवाद विरोधी कारबाहीमा जवाहिरी अफगानिस्तानको राजधानी काबुलमा मारिएको जनाइएको छ। अमेरिकी आक्रमणमा जवाहिरी मारिएको र परिवारका अरु सदस्य सुरक्षित रहेको जनाइएको छ।
७१ वर्षीय जवाहिरीविरुद्ध कारबाहीका लागि अमेरिकी राष्ट्रपति बाइडेनले केही दिनअघि अनुमति दिएका थिए। सन् २०११ मा अमेरिकाले ओसामा बिन लादेनलाई मारेपछि अल कायदाको नेतृत्व जवाहिरीले गरेका थिए।
सन् २००१ मा भएको अमेरिकी ट्वीन टावर आक्रमणमा अमेरिकाले लादेनसहित जवाहिरीलाई पनि सर्वाधिक खोजीको सूचीमा राखेको थियो।
क्याटेगोरी : राजनीति, विदेश, समाचार
ताजा खबर
- १सबैलाई निर्वाचनमा भाग लिने वातावरण बनाउन सरकारले आवश्यक कदम चालोस्ः अध्यक्ष दाहाल
- २सौराहामा रास्वपाको विस्तारित बैठक शुरु (तस्बिरसहित)
- ३बाबुराम भट्टराईको छलफलमाः जनार्दन शर्मादेखि डिपी अर्यालसम्म
- ४सुधनले मागे गृहमन्त्रीको राजीनामा, जेन–जीको माग पूरा नभए चुनाव हुन नदिने चेतावनी
- ५गृहमन्त्री अर्यालद्वारा पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ताः आन्दोलनमा जलेको घरको निरीक्षण



तपाईको कमेन्ट लेख्नुहोस्