Techie IT
  • २७ जेठ २०८२, सोमबार
KhojPatrika

नेपालमा अमेरिकी उच्च अधिकारीको बाक्लो आउजाउ, ९ महिनापछि सहायक बिदेशमन्त्री काठमाडौंमा


काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आफ्नो दोस्रो नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री लु नेपाल आइपुग्ने दिनसम्म पनि सरकारले औपचारिक रुपमा उनको भ्रमणबारे जानकारी गराउन भने आवश्यक ठानेन । विदेशमन्त्री लुको भ्रमण मात्रै होइन, सरकारले पछिल्लो समय भएका प्राय सबैजसो उच्चस्तरीय भ्रमणको विवरण गोप्य राख्दै आएको छ । चैत ११ मा चिनका बिदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी तीनदिने नेपाल भ्रमणमा आए । तर उच्चस्तरीय भ्रमण प्रभावित हुनसक्ने भन्दै परराष्ट्र मन्त्रालयले अन्तिम समयसम्म पनि भ्रमण तालिका र भ्रमणका एजेण्डा गोप्य नै राख्यो ।

अनौपचारिक रुपमा केही जानकारी बाहिर आए पनि औपचारिक रुपमा सरकारले कुनै जानकारी गराएन । त्योलगत्तै प्रधानमन्त्री शेरबहादुर शेरबहादुर देउवाले भारतको धार्मिक भ्रमण गरे । चैत १८ गते नयाँ दिल्ली पुगेका देउवाको भारत भ्रमणका एजेण्डा पनि सार्वजनिक गरिएको थिएन । प्रधानमन्त्री शेरबहादुर देउवाको भारतको धार्मि भ्रमणपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको धार्मिक भ्रमण गरे । मोदीको लुम्बिनी भ्रमणका एजेण्डाहरु धेरै हदसम्म बाहिर सार्वजनिक भएका थिए । तर असार २६ गते चारदिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका चिनीयाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख जियान चाओको भ्रमणका एजेण्डा पनि गोप्य नै राखिए ।

बिहिबार तीनदिने नेपाल भ्रमणका लागि काठमाडौं ओर्लिएका अमेरिकी विदेशमन्त्री लुको भ्रमणबारे त उनी विमानस्थल ओर्लिदासम्म पनि परराष्ट्र मन्त्रालयले भ्रमणबारे औपचारिक जानकारी सम्म दिएन । पछिल्लो समय बाक्लिदै गएको उच्चस्तरीय भ्रमणहरुले नेपालमा अन्तराष्ट्रिय चासो बढेको बुझ्न गाह्रो छैन । तर सरकारले जसरी सुचना गोप्य राख्ने गरेको छ । त्यसले उनीहरु नेपालमा के गर्न आउँदैछन् ? भनेर आशंका पनि बढाएको छ । यद्यपी लुलाई विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले कालो झण्डा देखाएको घटनाले भने केही सजगता अपनाउनुपर्ने पाठ समेत सिकाएको छ ।

नेपालको संसदबाट एमसीसी पास हुनुअघि दवाव दिन नेपाल भ्रमणमा निस्किएका लुको दोस्रो भ्रमण नेपालले अमेरिकालाई एसपीपी सम्झौतामा नेपाल नजाने पत्र पठाउने तयारी गरिहेको अवस्थामा हुँदेछ । मन्त्रीपरिषदले निर्णय गरेर परराष्ट्रले उक्त पत्र अमेरिका पठाउने तयारी रहेको बताइन्छ । तर एमसीसीमा विवाद रहेको अवस्गथामा दबाब सिर्जना गरी पारित गराउन सफल भएका लुको यो भ्रमणलाई एसपीपीमा जान नेताहरुलाई मनाउने कोशिशको रुपमा पनि हेरिएको छ । तर भ्रमणका एजेण्डाहरु सार्वजनिक नभएकाले पनि यस्तो आशंका बढेको हो । तर परराष्ट्रमन्त्री समेत रहि सकेका नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत भने विदेशी भ्रमणलाई शंकाको दुष्टिले मात्रै हेर्न नहुने बताउँछन् ।

लोकतान्त्रिक पार्टी कांग्रेसको नेतृत्वमा सरकार रहेको र परराष्ट्र मन्त्रालयको नेतृत्व पनि कांग्रेसले नै गरिरहेको अवस्थामा भ्रमण तालिका र भ्रमणका एजेण्डा किन गोप्य राखिँदैछ ? मेरो देशमा को आउँदैछ र केकालागि आउँदैछ भन्ने कुराको जानकारी लिने अधिकार नागरिकलाई हुँदैन ? सामान्य जानकारी गराउनुपर्ने तर पारदर्शिताको नाममा सबै कुरा फेसबुक लाइभ गर्न भने नसकिने महतको तर्क छ । बाक्लिँदै गरेका पछिल्ला भ्रमणहरुले नेपालमा शक्ति राष्ट्रहरुको चासो बढेको प्रष्ट हुन्छ । आफ्नो देशमा आउने विदेशी पाहुनाबारे आफ्ना नागरिकलाई प्रष्टसँग भन्न समेत नसक्ने सरकारले राष्ट्रिय हितको संरक्षण कसरी गर्ला ? भनि धेरैले प्रश्न पनि उठाएका छन् ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #दक्षिण तथा मध्य एसिया, #सहायक विदेशमन्त्री डोनाल्ड लु

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं