पुरानै लयको कारोवारमा फर्किदै देउराली सहकारी (बिज्ञप्तीसहित)
काठमाडौं । ललितपुरको सातदोवाटोस्थित देउराली बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले आफनो कारोवार पुरानै लयमा फर्काउने प्रतिबद्धता जनाएको छ । सहकारीले एक बिज्ञप्ती जारी गर्दै कोरोना संक्रमणले नेपाली अर्थतन्त्रमा पारेको असरले देउराली बहुउदेश्यीय सहकारी संस्था लिमिटेड पनि अछुतो रहन नसकेको भन्दै सबैको साथ र सहयोगका कारण छिट्टै पुरानै कारोवारको लयमा फर्किने प्रतिबद्धता जनाएको हो ।
उसले बैंकिङ र बित्तिय क्षेत्रमा तरलता अभाव भइरहेको भन्दै आफनो सहकारीबाट सेवाग्राही तथा सदस्यहरुको मर्म अनुरुप तरलता ब्यवस्थापन गर्न नसकेकोमा क्षमा समेत मागेको छ ।
सहकारीलाई पुरानै लयमा फर्काउन सहकारीका केही ठूला बचतकर्ताहरुले स्वतस्फुर्त रुपमा ७ सदस्यीय सहकारी ब्यवस्थापन समिति गठन गरी सहकारीको मर्म अनुरुप बचत ब्यवस्थापन,ऋण असुलीको काम गरिरहेको अध्यक्ष रविन्द्र चौंलागाईले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
त्यस्तै समितिले संस्थाको नाममा भएको सम्पत्ति बेचविखन प्रक्रियामा निरन्तर लागिरहेको सहकारीले जनाएको छ । सहकारीमा अहिले पनि ठूला मझौला तथा साना बचतकर्ताहरुले नियमित रुपमा नगद जम्मा गरिरहेको अध्यक्ष चौंलागाईले जानकारी दिएका छन् ।
सहकारीले बित्तिय कारोवारमा जोडिएका केही कर्मसियल बैंक,विकास बैंक,फाइनान्स कम्पनी, राष्ट्रिय सहकारी बैंकलाई धन्यबाद दिएको छ । असहज परिस्थितिमा सबैको साथले थप हौसला प्रदान भएको भन्दै सहकारीले बचतकर्ता र शेयर सदस्यलाई नआत्तिन समेत बिज्ञप्ती मार्फत आग्रह गरेको छ ।

क्याटेगोरी : अर्थ, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #अध्यक्ष रविन्द्र चौंलागाई, #कारोवार पुरानै लयमा, #देउराली बहुउदेश्यीय सहकारी
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्