साढे २ वर्षपछि संघीय संसदले उपसभामुख पाउँदै

काठमाडौं । संघीय संसदको प्रतिनिधि सभाले साढे दुई वर्षपछि आज उपसभामुख पद पाउदैछ । २०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अहिलेसम्म खाली रहेको यो पदमा आज निर्वाचन हुँदैछ ।
निर्वाचनका लागि बिहीबार नै उम्मेदवारी दर्ता भई अन्तिम नामावलीसमेत प्रकाशित भइसकेको छ । उपसभामुखका लागि नेपाली कांग्रेसकी पुष्पा भुसाल र नेकपा एमालकी विद्या भट्टराई उम्मेदवार छन् । भुसाल पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट उपसभामुखमा साझा उम्मेदवार हुन् भने भट्टराई प्रमुख विपक्षी नेकपा एमालेकी उम्मेदवार भएकी छन् ।
हाल प्रतिनिधि सभामा एमालेको ९८, कांग्रेस ६३, माओवादी केन्द्रको ४९, एकीकृत समाजवादी २३, जनता समाजवादी २१, लोसपा १३ र अन्य साना दल र स्वतन्त्रसमेत गरी ४ जना सांसद छन् । मतदानको समय दिउँसो तीन बजे तय गरिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #उपसभामुख पद, #संघीय संसद
ताजा खबर
- १पूर्वराष्ट्रपति भण्डारीलाई विमानस्थलमै ५१ किलोको माला
- २प्रधानमन्त्रीलाई बालेनको आग्रहः लिपुलेक हाम्रो हो भनेर चीनलाई सम्झाउन नबिर्सनुहोस्
- ३रोहितको उत्कृष्ट शतकमा साउथ अष्ट्रेलियामाथि नेपालको जित
- ४आन्दोलनरत उखु किसानले भदौ २५ गतेदेखि अनिश्चितकालिन राजमार्ग बन्द गर्ने
- ५सुनको मूल्यमा रेकर्ड : तोलाकै २ लाख नाघ्यो
तपाईको कमेन्ट लेख्नुहोस्