जनक शिक्षा र प्रज्ञा प्रतिष्ठानको बद्मासी, समा प्रिटिङ प्रेसलाई दिइयो सेटिङमा पुस्तक छाप्न

काठमाडौं । सरकारी/सामुदायिक विद्यालय र विद्यार्थीको सिकाई सुधारका लागि भन्दै सरकारले वर्षेनी विभिन्न कार्यक्रम ल्याउँदै आएको छ । तर, कुनैपनि वर्ष शैक्षिक सत्रको सुरुवातमा विद्यार्थीमाझ पुस्तक पुर्याउन सकिएको छैन । पाठ्यसामाग्री समयमै विद्यालय र विद्यार्थी माझ पुर्याउनुपर्ने दायीत्व जनक शिक्षा समाग्री केन्द्र अनि विभागिय मन्त्रालयले पुरा नगरेपनि नियमन र कारबाही गर्न कसैले चासो देखाएका छैनन् । चरम राजनीति र मनोमानीका कारण नाफामा चल्न सक्ने जनक शिक्षा यतिबेला टाट पल्टिने अवस्थामा छ ।
बैशाखबाट सुरु हुने शैक्षिक सत्रका लागि जनक शिक्षाले १ करोड ९० लाख थान किताब चैतमै छापिसक्नुपर्ने थियो । तर, युक्रेन–रुस युद्ध र निर्वाचन सामाग्री छपाईलाई कारण देखाउँदै जनक शिक्षा सामग्री केन्द्रले अहिलेसम्म १ करोड ६० लाख थान पुस्तक मात्रै छापेको छ । समयमै जिम्मेवारी पुरा नगर्ने, सधै मनोमानीमा रमाइरहेको जनक शिक्षाले ३० लाख किताब छाप्न यतिबेला गैह्रकानुनी बाटोको साहारा लिएको पाइएको छ ।
जनक शिक्षा सामाग्री केन्द्रले समयमै आफ्नो जिम्मेबारी पुरा त गरेको छैन नै पुस्तक छपाईको जिम्मेवारी पुरा गर्न नसक्ने नेपाल प्रज्ञा प्रतिष्ठानको साहारा लिएर कमिशन धन्दा चलाएको रहस्य फेला परेको छ । आधुनिक छपाई मेसिन ल्याएर आफैले चलाउनसक्ने अवस्था हुँदाहुँदै ग्लोबल प्रिन्ट कनेक्सन प्रालीलाई लाभ हुनेगरि भाडामा दिएको प्रज्ञालाई जनक शिक्षाले २० लाख थान पुस्तक छपाईको जिम्मेवारी दिएसँगै बद्नियत उदांगो भएको हो ।
आफूले पुस्तक छाप्नसक्ने क्षमता नभएको प्रज्ञालाई जनक शिक्षाले सम्झौता गरेर दिएको भएपनि यतिबेला पुस्तक छपाईको काम ग्लोबल प्रिन्ट कनेक्सन हुँदै समा प्रिन्टिङ प्रेससम्म पुगेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरवेटी शारदाप्रसाद अधिकारीले चलाईरहेको समा प्रेसले कक्षा ८ को ८ लाख थान पुस्तक यतिबेला धमाधम छापिरहेको छ ।
प्रज्ञाले समालाई पुस्तक छाप्ने जिम्मा दिएको फेला परेको छ । तर, समाका कर्मचारी जनक शिक्षाको जिम्मेबारीमा रहेको पुस्तक छपाई आफूहरुले नगरेको भन्दै झुठ बोलेर कारबाहीबाट बच्न खोजिरहेका छन् । पुस्तक छपाईको काम कानुन बिपरित समा प्रिन्टिङ प्रेसले गरिरहेको मात्रै छैन, प्रज्ञालाई पठाइएको भन्दै कागज समेत जनक शिक्षले समामा पठाइरहेको छ । प्रज्ञाले बुझेको भर्पाइ गराइएपनि कागज सिधै समामा र पुस्तक सिधै जनक शिक्षा पुग्ने गरेको छ । दुईवटा सरकारी संस्थानबीचको साझेदारीमा पुस्तक छपाईको काम भैरहेको देखाउन खोजिएपनि नीजि प्रेससँग मोटो कमिशनको खेलमा यो काम भइरहेको छ ।
कागज अभावलाई बाहाना बनाएर आफ्नो मेसिन नचलाउने अनि कर्मचारिलाई कामबिहिन बनाउने जनक शिक्षाले समामा खुरुखुसी कागज पठाइरहेको खेलले नै बद्नीयत कतिसम्म छ भन्ने आफै उदांगो बाहिरिएको छ । समयमै पुस्तक छपाईको जिम्मेबारी पुरा नगरेर कागज खरिददेखी छपाईसम्मका विभिन्न गतिबिधिमा कमिसनको खेलमा रमाइरहेको जनक शिक्षा सामाग्री केन्द्र अहिलेपनि युक्रेन– रुस युद्ध र निर्वाचन सामाग्री छपाईलाई बाहाना बनाइरहेको छ । यो संस्थानमा देखिएका ब्यथितिका कारण बन्द गराउनुपर्ने आवाज बारम्बार उठ्दै आएको छ ।
संसदमै जनक शिक्षामा चरम ब्यथिति भएकोबारे आवाज उठेपनि सुधारको थालनी कहि कतैबाट हुन सकेको छैन । हुनत पुस्तक छपाईको अवस्था बुझ्न र जनक शिक्षामा भैरहेका गतिबिधि हेर्न बेलामौकामा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री र मन्त्रालयका कर्मचारीले अनुगमन भ्रमण गर्नेगरेका छन् । काम देखाउन र चर्चा कमाउन गरिने यस्ता अनुगमनले जनक शिक्षा र प्रबन्ध सञ्चालकको मनोमानी रोक्न सकेका छैनन । बरु जनक शिक्षालाई टाट पल्टाएर विभिन्न क्षेत्रबाट कमिशन खाने प्रबृत्ति झंगिदा समेत विभागिय मन्त्रालय र नियमनकारी निकाय तैचुप मै चुप छन् । व्यथितिमाथीको मौनता आखिर कहिलेसम्म ?
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #कमिशनको खेल, #जनक शिक्षा समाग्री केन्द्र, #युक्रेन–रुस युद्ध, #समा प्रिन्टिङ प्रेस
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्