त्रिभुवन विश्वविद्यालयको सधैं बद्मासी, परीक्षामा निजी कलेजको प्रश्नपत्र हुबहु
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको गम्भिर लापरवाही बाहिरिएको छ । असार २५ मा लिएको ‘नेप्लिज सोसाइटी एन्ड पोलटिक्स्’ विषयको परीक्षामा पाँचौं सेमेस्टरको ‘सोसोलोजी’ को प्रश्न सोधेपछि परीक्षा रद्द नै गरिएको छ । त्यस्तै असार २२ मा लिएको व्यवस्थापन संकायअन्तर्गत बीबीए छैटौं सेमेस्टरको ‘अर्गनाइजेसन बीएभीअर’ विषयको प्रश्नपत्र पनि निजी कलेजले सञ्चालन गरेको प्रि–बोर्ड परीक्षाको प्रश्नपत्रसँग पनि हुबहु मिलेको छ ।
डिन कार्यालयले परीक्षाको प्रश्नपत्रसम्बन्धी कार्यमा मर्यादाविपरीत कार्य भएकाले दुवै परीक्षा रद्द गरिएको बताएको छ । यसअघि गत जेठ १६ र २३ मा सञ्चालित परीक्षामा पनि अघिल्लो वर्षको प्रश्नपत्र हुबहु दोहोरिको थियो । स्नातकोत्तर तेस्रो सेमेस्टरको ‘पब्लिक इकोनोमिक्स्’ विषयको प्रश्नपत्र गत वर्षकै हुबहु थियो ।
पहिलो सेमेस्टरको ‘इन्टरनेसनल पोलिटिकल साइन्स’ विषयको परीक्षामा पनि अघिल्लो वर्षकै प्रश्न हुबहु सोधिएको बारे परीक्षा रद्द गरेर छानबिन समिति बनाइयो तर स्नातकोत्तर तहको परीक्षामा भएको बदमासीको छानबिन प्रतिवेदन नआउँदै स्नातक तहको प्रश्नपत्रमा पनि फेरि मनोमानी भेटिएको छ ।
प्रश्नपत्र निर्माणमै एकपछि अर्को बदमासी हुँदा दोषीलाई कारबाही नगरी उन्मुक्ति दिइनुले बद्मासी दोहोरिएको छ । त्रिविका पदाधिकारीले छानबिनका नाममा दोषीलाई जोगाउँदै कमीकमजोरीको ढाकछोप गर्न गरेको प्राध्यापक र विद्यार्थीले गुनासो गरेका छन् । मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गतको परीक्षामा अघिल्लो वर्षको हुबहु प्रश्न सोधिएको थियो ।
परीक्षा रद्द भएको महिना दिन भइसक्दा पनि छानबिन प्रतिवेदन बुझाइएको छैन । डिन कार्यालयमा कुन विषयको प्रश्नपत्र कसलाई बनाउन दिएको भन्ने सबै रेकर्ड रहन्छ । निजी कलेजको प्रि–बोर्डमा सोधेको प्रश्न त्रिविको परीक्षामा पनि सोध्ने तीन जना प्राध्यापकलाई त्रिवि संगठन तथा शैक्षिक प्रशासन नियम २०५० को परिच्छेद ६ बमोजिम कारबाहीको सिफारिस गरेको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #अघिल्लो वर्षकै प्रश्न हुबहु, #डिन कार्यालय, #त्रिभुवन विश्वविद्यालय, #सोसोलोजी
ताजा खबर
- १अन्तरिम सरकार मन्त्रीका लागि भ्रष्टहरु खोज्दै हिँड्न थाल्योः रामहरी खतिवडा
- २एमाले ११ औं महाधिवेशन बन्दसत्र (तस्बिरहरु)
- ३मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
- ४मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की
- ५सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे



तपाईको कमेन्ट लेख्नुहोस्