मन्त्रीले नै क्वाटरबाट वासिङ मेसिन लगायतका सरसामान चोरेपछि….
काठमाडौं । निवर्तमान मन्त्रीहरुले सरकारी आवास गृह छाड्दा आवासमा रहेका सामानहरु घर लैजाने गरेको छन् । मन्त्रीको प्रयोगका लागि सरकारी खर्चमा आवासमा राखिएका भाँडाकुँडा, पर्दा, पङ्खा, टेलिफोन सेट, प्रिन्टर वासिङ मेसिनलगायतका सामग्री पदच्युत हुँदा सँगै लैजाने प्रवृत्ति यसपटक पनि दोहोरिएको छ ।
पछिल्लो पटक कृषि तथा पशुपन्छी मन्त्री बाट हटेसँगै महेन्द्रराय यादवले पुल्चोकस्थित मन्त्री निवास छाड्दा वासिङ मेसिन देखि अन्य केही समान लिएर गएको पाइएको छ । संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका कर्मचारीले समान लगिएको बारे जानकारी दिएपछि फिर्ताका लागि पत्राचार गरिएको छ । तर यादवले सरकारी आवास छोडेको एक साता भइसक्दा पनि ती समान फिर्ता ल्याइएका छैनन ।
ताकेता गर्दा कतिपय मन्त्रीले लिएर गएका समान तत्काल फिर्ता ल्याइदिने गरेको, कतिपयले निकै गाह्रो मानेर फिर्ता गर्ने गरेको, केही पूर्व मन्त्रीले भोलि फर्काइदिन्छु भन्दै टार्ने गरेको कर्मचारीहरु बताउँछन् । मन्त्री क्वाटरमा रहेका सामान्य सामानमा समेत मन्त्रीको लोभ देखिने यो प्रबृत्तिले हाम्रा मन्त्रीहरुको स्वार्थ कतिसम्म छ, बिकाउ छन वा इमान्दा भन्ने गम्भिर प्रश्न उब्जाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #कृषि तथा पशुपन्छी मन्त्री, #निवर्तमान मन्त्री, #महेन्द्रराय यादव, #सरकारी खर्च
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्