तीन महिनामा विपद्जन्य घटनामा १ सय १८ को मृत्यु
काठमाडौं । गत वैशाखयता विपद्जन्य घटनामा १ सय १८ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो बीचमा एक हजार ३४ विपद्जन्य घटना भएको र त्यसमा परेर १ सय १८ को मृत्यु, एक बेपत्ता र २ सय ७१ घाइते भएको जनाइएको छ ।
सबैभन्दा बढी चट्याङबाट ४९ जनाको मृत्यु भएको छ । कूल १ सय ४० चट्याङ परेकामा १ सय १७ जना घाइते भएको सार्वजनिक विवरणमा उल्लेख गरिएको छ ।
आगलागीबाट १९, जनावरको आक्रमणबाट १२, पहिरामा परेर १५, बढीका कारण तीन र हावाहुरीका कारण नौ जनाको मृत्यु भएको हो । ती घटनाबाट एक हजार ३ सय ४७ परिवार प्रभावित भएका छन् भने ७७ करोड ५९ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, समाचार
ट्याग : #आगलागी, #चट्याङ, #विपद्जन्य घटना
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्