तीन महिनामा विपद्जन्य घटनामा १ सय १८ को मृत्यु
काठमाडौं । गत वैशाखयता विपद्जन्य घटनामा १ सय १८ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो बीचमा एक हजार ३४ विपद्जन्य घटना भएको र त्यसमा परेर १ सय १८ को मृत्यु, एक बेपत्ता र २ सय ७१ घाइते भएको जनाइएको छ ।
सबैभन्दा बढी चट्याङबाट ४९ जनाको मृत्यु भएको छ । कूल १ सय ४० चट्याङ परेकामा १ सय १७ जना घाइते भएको सार्वजनिक विवरणमा उल्लेख गरिएको छ ।
आगलागीबाट १९, जनावरको आक्रमणबाट १२, पहिरामा परेर १५, बढीका कारण तीन र हावाहुरीका कारण नौ जनाको मृत्यु भएको हो । ती घटनाबाट एक हजार ३ सय ४७ परिवार प्रभावित भएका छन् भने ७७ करोड ५९ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, समाचार
ट्याग : #आगलागी, #चट्याङ, #विपद्जन्य घटना
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्