श्रीलंकामा राष्ट्रपति निवास प्रदर्शनकारीको कब्जामा, प्रधानमन्त्री सुरक्षित स्थान खोज्दै
काठमाडौं । श्रीलंकामा सरकार विरोधी प्रदर्शन झनै हिंसात्मक बनेको छ । शनिबार प्रदर्शनकारीहरूले राष्ट्रपति निवास घेराउ गर्न थालेपछि राष्ट्रपति गोताबाया राजापाक्षे सरकारी निवास छाडेर भागेका उनलाई अज्ञात र सुरक्षित स्थानमा सारिएको छ । प्रदर्शनकारीहरूको समूहले राजधानी कोलम्बोस्थित उनको निवासलाई कब्जामा लिएका छन् ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा भने राष्ट्रपति निवासभित्र प्रवेश गरेका प्रदर्शनकारीहरूले स्वीमिङ खेल्नुका साथै चिया पिइरहेको दृश्य देखिन्छन् । राष्ट्रपतिको राजीनामा माग गर्दै उठेको प्रदर्शन हिंसात्मक बन्दै गएको छ । हजारौंको संख्यामा रहेका प्रदर्शनकारीहरूले पुलिस ब्यारिकेड साथै राष्ट्रपति कार्यालयको गेट तोडफोड गरेको बताइएको छ ।
प्रदर्शनकारीहरूले श्रीलंकाको राष्ट्रिय झण्डा प्रदर्शन गर्नुका साथै राष्ट्रपति सरकार विरोधी ब्यानर देखाएका छन् । प्रदर्शनलाई नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी खटाइए पनि प्रदर्शन झनै चर्किएको छ । सेना र प्रहरीले भीड नियन्त्रणमा लिन संयुक्त रुपमा प्रयास गरेपनि भीड अनियन्त्रित बन्दै गएको छ ।
सुरक्षाकर्मीले थुप्रै अश्रुग्यास प्रहार गर्नुका साथै हवाइ फायर पनि गरेको छ । प्रहरीले कर्फ्यू लगाए पनि प्रदर्शनकारीहरू त्यसको अवज्ञा गर्दै सडकमा उत्रिएका हुन् । प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा दर्जनौं प्रहरी अधिकृतसहित ठूलो संख्यामा मानिसहरू घाइते भएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विदेश, समाचार
ट्याग : #प्रदर्शनकारी, #श्रीलंकामा राष्ट्रपति निवास, #श्रीलंकामा सरकार विरोधी प्रदर्शन
ताजा खबर
- १सबैलाई निर्वाचनमा भाग लिने वातावरण बनाउन सरकारले आवश्यक कदम चालोस्ः अध्यक्ष दाहाल
- २सौराहामा रास्वपाको विस्तारित बैठक शुरु (तस्बिरसहित)
- ३बाबुराम भट्टराईको छलफलमाः जनार्दन शर्मादेखि डिपी अर्यालसम्म
- ४सुधनले मागे गृहमन्त्रीको राजीनामा, जेन–जीको माग पूरा नभए चुनाव हुन नदिने चेतावनी
- ५गृहमन्त्री अर्यालद्वारा पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ताः आन्दोलनमा जलेको घरको निरीक्षण



तपाईको कमेन्ट लेख्नुहोस्