फेरि उकालो लाग्यो कोरोना संक्रमण, एकै दिन १०२ जनामा कोरोना पुष्टि
काठमाडौं । पछिल्लो केहीदिन यता नेपालमा कोरोना संक्रमण उकालो लागेको छ । देशभर थप १ सय २ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
२ हजार ६ सय १५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ७२ तथा एन्टिजेन विधिबाट ३० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ३१ जना सङ्क्रमणमुक्त भएका छन् ।
नेपालमा कूल सङ्क्रमितमध्ये ९ लाख ६७ हजार ६ सय ५६ जना सङ्क्रमणमुक्त भइसकेका छन् । योसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ६ सय ५ पुगेको छ । यस्तै, थप ४३ हजार ५ सय ३४ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #कोरोना संक्रमण, #सङ्क्रमण पुष्टि
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्