Techie IT
  • २५ वैशाख २०८२, बिहीबार
KhojPatrika

बलात्कारको घटनामा तीन वर्षे हदम्याद राख्ने संसदीय समितिले गर्यो सहमति


काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कानून न्याय तथा मानवअधिकार समितिले बलात्कारको घटनामा तीन वर्षे हदम्याद राख्ने गरी सहमति जुटाएको छ । शुक्रबार सिदरबारमा बसेको बैठकले यौन हिंसा विरुद्धका केही ऐन संसोधन बिधेयकमाथि छलफल गर्दे दुई बर्ष हदम्याद थप्ने सहमति जुटाएको हो ।

यसअघि बलात्कारका घटनामा एकबर्षे हदम्याद हटाउनुपर्ने भन्दै महिला अधिकारकर्मीहरुले आन्दोलन नै गरेका थिए । यस्तै बालबालिका अपांग, अशक्त, मानसिक अवस्था कमजोर भएकाको हकमा ३ वर्षको हदम्याद राख्ने सहमति भएको हो ।

समिति सभापति कृष्णभक्त पोखरेलले बलात्कारमा परेका नाबालिगले बालिग भएको ३ वर्षसम्म उजुरी गर्न सक्ने व्यवस्था बिधेयकमा राखिएको जानकारी दिए ।

यस्तै बिधेयकमा यौन हिंसामा परेकाहरुलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउने सहमति भएको जुटेको छ । बैठकले यौनजन्य हिंसा सम्बन्धी सम्पूर्ण कानूनहरुको सरोकारवालासंग छलफल र अध्ययन गरि छिटो भन्दा छिटो समग्र कानून सुधारका लागि बिधेयक प्रस्तुत गर्न सरकारलाई निर्देशन पनि दिएको छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #कानून न्याय तथा मानवअधिकार समिति, #दुई बर्ष हदम्याद थप्ने, #बलात्कारको घटना, #बलात्कारको घटनामा तीन वर्षे

तपाईको कमेन्ट लेख्नुहोस्