नागरिकता सम्बन्धी विधेयक संसदमा दर्ता गर्ने सरकारको निर्णय
काठमाडौं । मन्त्रिपरिषदको बैठकले नागरिकता सम्बन्धी विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकबाट फिर्ता लिएको सो विधेयक दर्ता गर्ने निर्णय गरिएको हो ।
नयाँ ल्याइने नागरिकता सम्बन्धि विधेयकमा गैर आवासीय नेपालीलाई राजनीतिक अधिकार बाहेकका अन्य अधिकार उपभोग गर्न पाउने गरी व्यवस्था गर्ने पनि निर्णय बैठकले गरेको छ । संसदीय समितिबाट पास भएर अन्तिम चरणमा पुगेको विधेयक सरकारले फिर्ता लिएको थियो ।
यस्तै मन्त्रिपरिषद बैठकले जापानका प्रधानमन्त्री सिन्जो आवेको निधनमा शनिवार शोक मनाउने निर्णय पनि गरेको छ । मृत्यु भएका सगरमाथा आरोही शम्भु तामाङलाई राष्ट्रिय सम्मान दिने पनि बैठकले निर्णय गरेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नागरिकता सम्बन्धि विधेयक, #मन्त्रिपरिषदको बैठक
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्