न्यायाधीश रेणुका साहलाई बर्खास्त गर्न सिफारिस,योग्यता नै ढाटेको आरोप
काठमाडौं । न्यायपरिषदले उच्च अदालत, तुलसीपुरको बुटबल इजलासमा कार्यरत न्यायाधीश रेणुका साहलाई बर्खास्त गर्न कायममूकायम प्रधानन्यायाधीश समक्ष सिफारिस गरेको छ । शुक्रबार बसेको न्यायपरिषदको बैठकले बर्खास्तीका लागि सिफारिस गरेको हो ।
साह पूर्व प्रधानन्यायाधीश रामकुमार प्रसाद साहकी छोरी हुन् । २०७५ सालमा न्यायाधीश नियुक्त भएकी साहविरुद्ध कानून व्यवसायमा कुनै अनुभव नभएको भन्ने उजुरी परेको थियो । आधारभूत योग्यता समेत नभेटिएपछि परिषदले बर्खास्तको सिफारिस गरेको हो ।
उनी प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको पहुँचमा नियुक्त भएकी थिइन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीईभीटीमा कार्यरत रहेकी उनीसँग न्यायाधीशका लागि चाहिने योग्यता नै नपुगेको भेटिएको छ । २०७५ चैत १९ मा न्यायपरिषदले उच्च अदालतमा १८ र सर्वोच्चमा ५ गरी २३ जना न्यायाधीश नियुक्तिको सिफारिस गरेको थियो ।
न्यायाधीशमा उनको नियुक्तिविरुद्ध उजुरी परेपनि कुनै चासो दिइएन । तर, अहिले न्यायपरिषदले उनलाई बर्खास्त गरेको हो । न्यायपरिषदको दफा ३२ मा आफ्यो योग्यता वा अयोग्यता लुकाएको पछि थाह भएमा परिषदले सम्बन्धित न्यायाधीशलाई बर्खास्त गर्नसक्ने व्यवस्था छ । त्यही व्यवस्थामा टेकेर परिषदले साहलाई पदबाट हटाउन सिफारिस गरेको हो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #उच्च अदालत, #रेणुका साह, #साहलाई बर्खास्त
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्