न्यायाधीश रेणुका साहलाई बर्खास्त गर्न सिफारिस,योग्यता नै ढाटेको आरोप
काठमाडौं । न्यायपरिषदले उच्च अदालत, तुलसीपुरको बुटबल इजलासमा कार्यरत न्यायाधीश रेणुका साहलाई बर्खास्त गर्न कायममूकायम प्रधानन्यायाधीश समक्ष सिफारिस गरेको छ । शुक्रबार बसेको न्यायपरिषदको बैठकले बर्खास्तीका लागि सिफारिस गरेको हो ।
साह पूर्व प्रधानन्यायाधीश रामकुमार प्रसाद साहकी छोरी हुन् । २०७५ सालमा न्यायाधीश नियुक्त भएकी साहविरुद्ध कानून व्यवसायमा कुनै अनुभव नभएको भन्ने उजुरी परेको थियो । आधारभूत योग्यता समेत नभेटिएपछि परिषदले बर्खास्तको सिफारिस गरेको हो ।
उनी प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको पहुँचमा नियुक्त भएकी थिइन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीईभीटीमा कार्यरत रहेकी उनीसँग न्यायाधीशका लागि चाहिने योग्यता नै नपुगेको भेटिएको छ । २०७५ चैत १९ मा न्यायपरिषदले उच्च अदालतमा १८ र सर्वोच्चमा ५ गरी २३ जना न्यायाधीश नियुक्तिको सिफारिस गरेको थियो ।
न्यायाधीशमा उनको नियुक्तिविरुद्ध उजुरी परेपनि कुनै चासो दिइएन । तर, अहिले न्यायपरिषदले उनलाई बर्खास्त गरेको हो । न्यायपरिषदको दफा ३२ मा आफ्यो योग्यता वा अयोग्यता लुकाएको पछि थाह भएमा परिषदले सम्बन्धित न्यायाधीशलाई बर्खास्त गर्नसक्ने व्यवस्था छ । त्यही व्यवस्थामा टेकेर परिषदले साहलाई पदबाट हटाउन सिफारिस गरेको हो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #उच्च अदालत, #रेणुका साह, #साहलाई बर्खास्त
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्