चल्दा चल्दै चन्द्रागिरिमा केबलकार रोकिएपछि ४ सय यात्रु अलपत्र
काठमाडौं । चन्द्रागिरिमा केबलकार बिग्रिएपछि चार सयबढी मानिस डाँडामा अलपत्र परेका छन् । बुधबार साँझसम्म केबलकार सञ्चालन आउन नसकेपछि नेपाल प्रहरीले उनीहरुलाई उद्धार गरिरहेको छ । टावर नं. ४ मा समस्या देखिएपछि दिउँसो पौने २ बजे राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनासहित उनको परिवार पनि बीचमै अलपत्र परेको थियो ।
उनीहरुलाई उद्धार गर्न झण्डै आधा घन्टा लागेको बताइएको छ । तिमल्सिना अलपत्र परेका बेला अन्य २८ केबलकार बीचमै रोकिएका थिए । त्यतिबेला १ सय २० जनालाई तानेर उद्धार गरिएको थियो । ‘केबलकार नचलेका कारण माथि डाँडामा अलपत्र परेका ४०० जनाको उद्धार भइरहेको छ ।
गाडीमार्फत उनीहरुलाई ओसार्ने काम भइरेको छ । उद्धारका लागि प्रहरी वृत्त, कीर्तिपुरका डीएसपी पुरुषोत्तम पाण्डे, थानकोट प्रहरीका प्रहरी निरीक्षक लीला आचार्यलगायत ४० जना प्रहरीको टोली चन्द्रागिरि डाँडामा खटिएको छ । बेसमा मेडिकल टिम, प्रहरी, ट्राफिक र सशस्त्र प्रहरी बलको टोली पनि खटिएको छ ।
यसअघि २०७८ चैत २८ गते पनि चन्द्रागिरिमा विद्युत् समस्याका कारण यात्रुहरु बीचमै केबलकारमा अड्किएका थिए । त्यतिबेला ३७ यात्रुलाई प्रहरीले उद्धार गरेको थियो ।
क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #गणेशप्रसाद तिमल्सिना, #चन्द्रागिरिमा केबलकार, #डाँडामा अलपत्र
ताजा खबर
- १ओलीको चेतावनीः ‘एमाले नेतृत्वमाथि छोएको दिन सरकार ढाल्छौँ, देश ठप्प पार्छौं’
- २निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप
- ३एमाले अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित
- ४बहुमतका आधारमा प्रतिनिधिसभाको उम्मेद्वार सिफारिस गर्दा रुकुमपश्चिमको कांग्रेसमा खैलाबैला !
- ५उपाध्यक्ष देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्यो निलम्बन



तपाईको कमेन्ट लेख्नुहोस्