एकै चरणमा मंसिर २ मा प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्न आयोगको सिफारिस
काठमाडौं । प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन एकै चरणमा गर्नेगरी निर्वाचन आयोगले सरकारसमक्ष मिति सिफारिस गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आउँदो मंसिर २ मा प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्न मिति सिफारिस गरेको हो ।
जवाफमा प्रधानमन्त्री देउवाले मंसिर २ कै सेरोफेरोमा रहने गरी उपयुक्त समयमा उपयुक्त मिति घोषणा गर्ने बताएका थिए । आयोगको सिफारिसमा सरकारले निर्वाचनको मिति तोक्ने संवैधानिक व्यवस्था छ । निर्वाचन गराउन आयोगलाई तयारीका लागि १ सय २० दिन आवश्यक पर्छ ।

क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #एकै चरणमा गर्नेगरी निर्वाचन, #प्रदेश र प्रतिनिधिसभा सदस्य, #प्रमुख आयुक्त दिनेशकुमार थपलिया
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्