चरम संकटको सीमामा श्रीलङ्का, इन्धन अभावले विद्यालय नै बन्द
काठमाडौं । श्रीलङ्कामा आर्थिक संकटका कारण दिनप्रतिदिन समस्या चुलिँदै गएका छन्। सरकारले इन्धन अभावको कारण देखाउँदै सबै विद्यालय बन्दको घोषणा गरेको हो ।
विद्यालयहरु पहिलो चरणमा यही जुलाई ४ देखि एक साता बन्द गर्ने घोषणा गरिएको हो। शिक्षा मन्त्रालयले सरकारको स्वामित्वमा रहेका र सरकारको स्वीकृतिमा सञ्चालन भएका सबै निजी विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको बताइएको छ ।
विद्यालयहरू बन्द गरिएपछि इन्धनको खपत कम हुने विश्वासका साथ यो निर्णय गरिएको सरकारी अधिकारीहरूले जनाए । गत साता नगद अभावका कारण श्रीलङ्काले पेट्रोल र डिजेल बचत गर्न आवश्यक सेवाबाहेक सबै क्षेत्रका लागि इन्धन बिक्री दुई हप्ता रोक्ने घोषणा गरेको थियो।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #आर्थिक संकट, #इन्धन अभाव
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्