Techie IT
  • २५ वैशाख २०८२, बिहीबार
KhojPatrika

केयुकेएल, ट्यांकर, जार तथा बोतलको पानीमा भेटियो झाडापखाला र हैजाको जीवाणु


काठमाडौं । उपत्यकामा खानेपानी वितरण गर्दै आएको केयुकेएलको खानेपानीमा हैजा र झाडापखालाको जीवाणु भेटिएको छ । खानेपानीको गुणस्तर मापन खानेपानी विभागले र जार तथा प्याकिङ पानीमा झाडापखाला र हैजाको जीवाणु भेटिएको हो । स्वास्थ्य कार्यालय काठमाडौंले बुधबार बागबजार, डिल्लीबजार, बालाजु, त्रिपुरेश्वर, बल्खु, चन्द्रागिरिलगायत स्थानमा पुगेर पानीको नमुना परीक्षण गरेको थियो । त्यस क्रममा उपत्यकामा वितरण गरिने खानेपानी सीधै पिउनयोग्य नरहेको भेटिएको हो ।

केही नमुना परीक्षणमा हानिकारक जीवाणु भेटिएपछि स्वास्थ्य कार्यालयले शुक्रबार अनुगमनलाई तीव्रता दिने बताएको छ । पानीमा दिसाजन्य जीवाणु भेटिएपछि स्वास्थ्य कार्यालयले केयुकेएललाई पानी शुद्ध पार्न प्रयोग गरिने क्लोरिनको मात्रा बढाउन निर्देशन दिएको छ । सबैतिरको पानीमा जीवाणु भेटिएकाले उमालेर वा झोल क्लोरिन हालेर पिउन अनुरोध गरेको छ । खानेपानीमा हैजा तथा झाडापखालाका जीवाणु भेटिएपछि गृह मन्त्रालयले अनुगमन तथा जनचेतनाका लागि कार्ययोजना बनाएको छ ।

बिहीबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूसहित बैठक पनि बसेको थियो । उनीहरुले अनुमगन समिति बनाएर खानेपानी उद्योग, वितरण केन्द्र र स्रोतको अनुगमन तथा परीक्षण गर्नुपर्ने जनाएका छन् । जारको पानीलाई लक्षित गरेर शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नियामक निकायसहितको उपस्थितिमा पानीको शुद्धताबारे अनुगमन गर्ने बताइएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) र ट्यांकर व्यवसायीले वितरण गर्ने खानेपानीमा झाडापखाला तथा हैजाजन्य जीवाणु (फिकल इ. कोलाई) भेटिएपछि झनै त्रास फैलिएको छ । उपत्यकाका अधिकांश ठाउँमा खानेपानी वितरण गर्दै आएको केयुकेएलको ट्यांकीमै पुगेर स्वास्थ्य कार्यालयले बुधबार नमुना परीक्षण गरेको थियो । हैजा र झाडापखालाको जीवाणु भेटिएपछि स्वास्थ्यले केयुकेएललाई पानी प्रशोधन तथा थप शुद्धीकरण गर्न भनिएको छ । हालसम्म काठमाडौंमा १३ र ललितपुरमा एक गरी उपत्यकाभित्र १४ जनामा हैजाको संक्रमण देखिएको छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #केयुकेएल, #हैजा र झाडापखाला

तपाईको कमेन्ट लेख्नुहोस्