बिहिबार संसद दिवस, विभिन्न कार्यक्रम गरी मनाइदैं
काठमाडौं । बिहिबार संसद दिवस, विभिन्न कार्यक्रमहरु गरी मनाइँदैछ। नेपालमा २०१६ असार १६ गते संसदको पहिलो बैठक बसेको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष असार १६ गतेका दिन संसद दिवस मनाउने गरिन्छ।
दिवसका अवसरमा संघीय संसद भवन नयाँ वानेश्वरमा पूर्व सांसद मञ्चले संसद दिवस विशेष कार्यक्रम आयोजना गरेको छ। यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले दुईपटकको संसद विघटन, कोभिड संकटलगायतका विभिन्न समस्याहरुका बीचबाट संसदले आफ्ना कार्य निरन्तर अघि बढाइरहेको दाबी गरेका छन् ।
संसद दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै सापकोटाले आफ्ना सामु संघीय संसदमा विचाराधीन नागरिकता लगायतका महत्वपूर्ण विधेयकहरु पारित गर्नुपर्ने र लोकतन्त्रको लाभ जनतासम्म पुर्याउनुपर्ने अभिभारा रहेको उल्लेख गरेका छन्।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #२०१६ असार १६, #संसद दिवस
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्