दाङको घोराहीस्थित तुलसीपुर चोकमा राखियो नयाँ राष्ट्रिय झण्डा
दाङ । जिल्लाको घोराही उपमहानगरपालिका तुलसीपुर चोकमा राष्ट्रिय झण्डा राखिएको छ । विगतमा मोवाइल एसोसिएशनद्धारा राखिएको राष्ट्रिय झण्डा समयमै नफेर्दा च्यातिएको अवस्थामा थियो । एसोसिएसनको सहमतिमा स्वतन्त्र युवा ब्यवसायीहरुले तुलसीपुरचोकमा नयाँ झण्डा राखेका हुन् ।
चोकमै रहेको झण्डा च्यातिएको देखेपछि सामाजिक सञ्जालमा बिभिन्न टिकाटिप्पणी आइरहेका थिए । चोकमै राष्ट्रिय झण्डा च्यातिएको देखेपछि राष्ट्रको सान झण्डा फेर्नुपर्ने युवा ब्यवसायीकाबीच छलफल भएर झण्डा प्रतिस्थापन गरिएको पवन पोखरेलले जानकारी दिए । उनका अनुसार क्रेनमा अंकित गुप्ताले सहयोग गरेका थिए ।
झण्डा भने १५ जनाको सहयोगबाट किनिएको हो । सबैको आवात जावत हुने चोकमा नयाँ राष्ट्रिय झण्डा फरफराएपछि आसपासका ब्यवसायी र सर्वसाधारण खुसी भएका छन् । झण्डासँगै फोटो खिच्नेहरुको संख्या पनि बढेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #घोराही उपमहानगरपालिका, #तुलसीपुर चोकमा राष्ट्रिय झण्डा, #मोवाइल एसोसिएशन
ताजा खबर
- १सरकारी कर्मचारीलाई अब १५ दिनमै तलब
- २पूर्णबहादुर खड्का निवास गोल्फुटारमा गगन थापा, कांग्रेसलाई एकताबद्ध बनाउने प्रयास
- ३रास्वपाको सचिवालय बैठकः वैशाख १५ देखि जिल्ला अधिवेशन शुरु हुने
- ४श्रम संस्कृति पार्टीबारे विज्ञहरुको टिप्पणीः शुरुवात राम्रो छ
- ५सर्वोच्चको फैसलाप्रति खड्का समूह असन्तुष्ट, पुनरावलोकनमा जाने संकेत



तपाईको कमेन्ट लेख्नुहोस्