तलब माग्दै निरन्तर आन्दोलन, ६ पत्रकारले १० लाख पाउन बाँकी
रुकुमपश्चिम । जिल्लाको आठबिसकोट नगरपालिकामा रहेको रेडियो नयाँ नेपालमा कार्यरत पूर्व पत्रकार तथा कर्मचारीले तलव नपाएको भन्दै निरन्तर आन्दोलन गरिरहेका छन् । उनीहरुले रेडियोमै धर्ना दिएपनि सञ्चालकले भने तलव दिने आश्वासन नै दिएका छैनन् ।
आईतबार उनीहरुले आफूले काम गरेको पारिश्रमिक पाउनुपर्ने माग गर्दै एक घण्टा धर्ना बसे । रेडियोमा कार्यरत ६ जना पत्रकार तथा कर्मचारीहरले करिब दुई बर्ष सम्म काम गरेको पारिश्रमिक नपाएपछि आन्दोलन गरिरहेका छन् । उनीहरुले गत ७ गते देखि पारिश्रमिक माग गर्दै बिभिन्न कार्यक्रम गर्दै आएका छन् ।
उनीहरुको आन्दोलनमा सुरुवात देखि नै नेपाल पत्रकार महासंघ रुकुम पश्चिम ऐम्यबद्धता जनाइरहेको छ । महासंघ सहित जिल्लास्थित पत्रकारका विभिन्न संघ संगठनहरु नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, श्रमजीवि पत्रकार संघ नेपाल र प्रेस सेन्टर नेपालले आन्दोलनमा साथ दिएका छन् ।
रेडियोमा काम गरेका ६ जना पत्रकारले आफुहरुले करिब १० लाख रुपैंया पाउन बाँकी छ । गत बर्ष पत्रकार महासंघ रुकुमको समन्वयमा रेडियो सञ्चालन समिति र पीडित पत्रकारहरु बिच पारिश्रमिक दिलाउन सहमति गरिएको थियो । सहमति अनुसार पत्रकारहरुले भुक्तानी पाएका छैनन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #आठबिसकोट नगरपालिका, #तलव नपाएको
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्