भोटेबहालस्थित एक गेस्ट हाउसमा बलात्कारपछि युवतीको १ लाख र सुन लुटपाट

काठमाडौं । काठमाडौंको भोटेबहाल स्थित गेस्ट हाउसमा युवतीलाई बलात्कार गरेर युवकले सुन र नगद लुटेको बताइएको छ । जेठ २९ मा बेलुका काभ्रेको तेमाल गाउँपालिका–९ घर भएका आशिष भनिने विवश तामाङले २४ वर्षीय युवतीलाई बलात्कारपछि एक लाख नगद पनि लुटेर लिएका थिए ।
आरोपीलाई असार ५ मा वृत कालिमाटीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । पेय पदार्थमा लठ्ठिने पदार्थ मिसाएर खुवाएर बलात्कार गरेपछि आरोपीले युवतीको साथमा रहेको १ लाख नगद र २ तोला सुन लुटेर भागेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
ईमोमार्फत चिनजान भएकी युवतीलाई ३० वर्षीय विवशले ‘विवाह गर्छु’ भनेर सम्बन्ध अघि बढाएका थिए । तर, भेट भएपछि उनले बलात्कार गरेर लुटपाट गरेका हुन् । भेट्दा युवतीलाई आरोपीको नाम र ठेगाना समेत थाहा नभएको प्रहरीले बताएको छ ।
पूर्वयोजना अनुसार आरोपीले गेस्ट हाउसको लगबुकमा युवतीकै परिचयपत्र र मोवाइल नम्बर इन्ट्री गराएका थिए । बलात्कारपछि सो मोवाइल समेत लिएर फरार भएका थिए । आरोपीलाई बलात्कार र चोरी मुद्दामा प्रहरी वृत कालीमाटीले ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #युवतीलाई बलात्कार गरेर, #विवश तामाङ
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्