अविवाहित आमा निहारिकाको मुद्दामा आरोपित झिकाउन उच्च अदालतको आदेश
काठमाडौं । उच्च अदालत जनकपुरले निहारिका राजपूतले दायर गरेको जबर्जस्ती करणी मुद्दामा आरोपितलाई झिकाउने आदेश दिएको छ । न्यायाधीश गुणराज ढुंगेल र रामेश्वर रेग्मीको संयुक्त इजलासले जबर्जस्ती करणीका आरोपित धनुषाको क्षिरेश्वरनाथ नगपालिका–३ महेन्द्रनगरका शिवराज श्रेष्ठलाई झिकाउन आदेश दिएको छ ।
निहारिकाले गत असोजमा उच्च अदालतमा जबर्जस्ती करणी मुद्दा दर्ता गराएकी थिइन् । सोही मुद्दामा आरोपित श्रेष्ठलाई झिकाउने आदेश भएको अदालतका रजिष्ट्रार खड्गराज अधिकारीले जानकारी दिए । आरोपित श्रेष्ठलाई १५ दिनभित्र अदालतमा हाजिर हुन पत्र पनि पठाइसकिएको छ ।
२१ दिनभित्र आरोपित अदालतमा हाजिर नभए एकल पैरवी हुने बताइएको छ । श्रेष्ठले आफूलाई फकाएर जबर्जस्ती करणी गरेको निहारिकाले बताउँदै आएकी छन् । सोही करणीपछि आफनो गर्भ बसेको र छोरा जन्मेको उनको भनाइ छ । दोषीलाई कारवाहीको माग गर्दै निहारिहका आफना २१ महिने छोरासहित पछिल्लो एक साता यता काठमाडौंमा अनसन बसिरहेकी छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #अविवाहित आमा निहारिका, #उच्च अदालत, #शिवराज श्रेष्ठ
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्