अव २० बर्ष नपुग्दै विवाह गर्न पाइने, कति घट्ला त उमेर ?
काठमाडौं । सरकार हाल कायम रहेको विवाह गर्ने उमेर संशोधन गर्ने पक्षमा देखिएको छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द कोइराला (बन्दी) ले बुधबारको संसद बैठकमा विवाह गर्ने उमेर संशोधन प्रक्रिया अघि बढेको जानकारी दिएपछि उमेर घट्न लागेको हो ।
मन्त्री कोइरालाले संसद्मा उठेका प्रश्नको जवाफ दिँदै २० वर्ष पुगेर मात्रै विवाह गर्ने कानुन अव्यवहारिक भएकाले संशोधन गर्न लागिएको जानकारी दिए । ‘१६ वर्षमा नागरिकता पाइन्छ। १८ वर्षमा मतदान गर्न पाइन्छ ।
बिहे गर्न २० वर्ष पुग्नुपर्छ यो व्यावहारिक भएन’, मन्त्री कोइरालाले संसदमा भने, ‘विहे गर्न २० वर्ष कुर्नुपर्ने अवस्था कुनै पनि स्ट्याण्डर्डले देखाउँदैन। बरू यसले अपराध बनाउने काम भइरहेको छ। त्यसैले यसमा पुनरावलोकन गर्नुपर्ने हुन्छ। मन्त्रालयले यसलाई पुनरावलोकन गर्ने प्रक्रिया अगाडि बढाइसकेको छ।’
मन्त्री कोइरालाले विवाह गर्ने उमेर बढी राख्दा बालविवाहका नाममा आपराधिक घटना बढ्दै गएको जिकिर गरे। उनले विवाह गर्ने उमेर कति वर्ष कायम गर्ने भन्ने विषयमा केही बताएनन । मुलुकी ऐनलाई विस्थापित गरी बनेको देवानी संहिताअनुसार २० वर्ष पुगेका केटाकेटी बिहे गर्न योग्य मानिन्छन्।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #गोविन्द कोइराला, #विवाह गर्ने उमेर संशोधन
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्