संसद्ले पारित गर्यो मल ल्याउने विशेष प्रस्ताव,मल कहिले आउने सरकार नै अनविज्ञ
काठमाडौं । देशभर किसानहरूलाई सहज रूपमा रासायनिक मल उपलब्ध गराउन सम्भाव्य सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिँदै प्रतिनिधिसभाले विशेष प्रस्ताव पारित गरेको छ । सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पेस गरेको अत्यन्त जरुरी सार्वजनिक महत्त्वको स्थगन प्रस्ताव, त्यसउपर छलफलमा भाग लिएका ४८ जना सांसद र कृषिमन्त्रीको जवाफको पृष्ठभूमिमा सबैको समान धारणा देखिएकोले सभामुख अग्निप्रसाद सापकोटाले विशेष प्रस्ताव सदनमा पेस गरेका थिए । सो विशेष प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
रासायनिक मल कृषि उत्पादन वृद्धिको लागि अत्यावश्यक रहेको र हाल प्रमुख बालीको रूपमा रहेको धान बाली लगाउने समयमा समेत रासायनिक मल उपलब्ध नभएको विषयमा यस सदनको गम्भीर ध्यानाकर्षण भएको छ । बिशेष प्रस्तावमा भनिएको छ । कुल ग्राहस्थ उत्पादनमा २५ प्रतिशत योगदान दिने कृषि क्षेत्रका समस्या समाधान गर्ने कार्यलाई प्राथमिकता दिँदै अत्यावश्यक रासायनिक मल कृषकलाई सहज रूपमा उपलब्ध गराउनका लागि सम्भाव्य सबै उपाय अवलम्बन गरी कार्य सम्पादन गर्न प्रतिनिधि सभाको यो बैठक नेपाल सरकारलाई निर्देश गर्दछ । भन्दै प्रस्ताव पारित गरेको हो । तर, मल कहिले आउछ भन्ने सरकारलाई नै थाहा छैन ।
कृषिमन्त्री महेन्द्र राय यादवले अन्तर्राष्ट्रिय बजारमै मलको अभाव भएकाले नेपालसम्म ल्याउन कठिनाइ भएको बताए । मल आपूर्तिका लागि कृषि सामग्री कम्पनी लिमिटेडले १ लाख ५ हजार मेट्रिक टन र साल्ट ट्रेडिङले १ लाख १७ हजार मेट्रिक टन गरी २ लाख २२ हजार मेट्रिक टन रासायनिक मल ल्याउन खोजिएकोमा समयसीमाभित्र आपूर्तिकर्ताले उपलब्ध गराउन नसक्दा अभाव देखिएको उनको भनाई छ ।
समयमै आपूर्ति गर्न नसक्ने कम्पनीहरुसँगको ठेक्का रद्द गरी कारबाही प्रक्रिया थालिएको मन्त्री यादवले बताए । युरिया , डीएपी र पोटास मल किसानलाई सुलभ मूल्यमा उपलब्ध गराउन सरकारले १५ अर्ब अनुदान दिएको र थप मल आयात गर्न २ पटक गरी १२ अर्ब ७२ करोड रुपैयाँको स्रोत सुनिश्चितता भएको कृषिमन्त्री यादवले जानकारी गराएका थिए ।
क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #प्रमुख प्रतिपक्षी दल, #रासायनिक मल, #विशेष प्रस्ताव पारित
ताजा खबर
- १वैकल्पिक शक्तिहरुलाई कुलमानको आह्वानः ‘परिवर्तनलाई परिणाममा बदल्न एकै ठाउँमा उभिऔँ’
- २सरकारले निर्वाचनको वातावरण बनाओस्ः प्रगतिशील लोकतान्त्रिक पार्टी
- ३राप्रपाले ज्ञानेन्द्र शाहीलाई दियो आन्दोलनको कमाण्ड, मंसिर २३ मा बृहत् जनप्रदर्शन गर्ने
- ४सरकारले कुनै आग्रह–पूर्वाग्रह नराखोस्, तोकिएकै मितिमा चुनाव हुनुपर्छः प्रचण्ड
- ५पुस २६ देखि २८ सम्म महाधिवेशन गर्ने काँग्रेसको निर्णय



तपाईको कमेन्ट लेख्नुहोस्