माइला विकलाई बिद्युत प्रशारण लाइनको तारबाट उद्धार गरी काठमाडौं ल्याइयो
काठमाडौं । नुवाकोटको ककनी गाउँपालिका ७ स्थित त्रिशूली थ्रीए जलविद्युत आयोजनाको हाइटेन्सन तारमा झण्डै ११ घण्टा झुण्डिएका ४४ वर्षे माइला विकलाई काठमाडौं ल्याइएको छ । उनका कुनै पनि आफन्त सम्पर्कमा नआएपछि पाटनस्थित मानसिक अस्पतालमा बुझाउन उनलाई काठमाडौं ल्याइएको हो ।
नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर १३ घलेगाउँका माइला विकले ११ घण्टासम्म प्रहरी र जनप्रतिनिधिलाई हैरान पारेका थिए । उनी शनिबार बिहान १० बजे बिजुलीको पोलहुँदै तारमा चढेका थिए । यही कारण त्रिशूली थ्रीए जलविद्युत आयोजनाको उत्पादन ११ घण्टासम्म बन्द गरिएको थियो ।
बिद्युत बन्द हुँदा एक करोड प्राधिकरणलाई घाटा लागेको छ । उनी मानसिकरूपमा अस्वस्थ रहेको प्रहरीले जनाएको छ । दिनभर प्रयास गर्दा पनि प्रहरी र स्थानीय जनप्रतिनिधिले नसकेपछि सेनाले घटनास्थलमा पुगेर बिकलाई ओरालेको थियो ।
क्याटेगोरी : जनगुनासो, जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #माइला विक, #हाइटेन्सन तार
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्