बिद्युत प्रशारण लाइनमा चढेका मान्छे ओर्लिन मानेनन, माथिल्लो त्रिशुलीको उत्पादन बन्द
काठमाडौं । नुवाकोटको ककनीमा एक व्यक्ति विजुली प्रशारण लाइनमा चढेपछि बिद्युत उत्पादन नै बन्द गरिएको छ । उनी तारबाट झर्न नमानेपछि माथिल्लो त्रिशुली थ्री ए र केही साना जलविद्युत आयोजनाको उत्पादन बन्द गरिएको हो ।
ककनी गाउँपालिका–७ स्थित त्रिशुली मातातीर्थ प्रशारण लाइनमा बेल्कोटगढी नगरपालिका–१३ घलेगाउँका माइला विक बिद्युत प्रशारण लाइनको खम्बाबाट तारसम्म पुगेका हुन् । उनी ७ घण्टादेखि तारमा समातेर बसिरहेका कारण विद्युत प्रवाह गर्न नसकिएको बिद्युत प्राधिकरणले जनाएको छ ।
प्रहरी र स्थानीय वासिन्दाले उनलाई सकुशल तल ओर्लन आग्रह गरिरहेका छन् । तर, उनले मानेका छैनन् । ‘सम्झाई बुझाई गर्दा एक पटक तल झरिसकेका थिए, तर अहिले उनी फेरि माथि नै रोकिएका छन् ।
अझै प्रहरी र स्थानीयले उनलाई सम्झाएर ओर्लन आग्रह गरिरहेका छन् । तर, उनी तारबाट हिडिरहेका छन् । ७ घण्टादेखि तारमै बस्दा तारबाट ओर्लदा नै खस्ने सम्भावना देखिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #बिद्युत उत्पादन, #माइला विक, #व्यक्ति विजुली प्रशारण लाइन
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्