Techie IT
  • २८ वैशाख २०८२, आईतबार
KhojPatrika

बिद्युत प्रशारण लाइनमा चढेका मान्छे ओर्लिन मानेनन, माथिल्लो त्रिशुलीको उत्पादन बन्द


काठमाडौं । नुवाकोटको ककनीमा एक व्यक्ति विजुली प्रशारण लाइनमा चढेपछि बिद्युत उत्पादन नै बन्द गरिएको छ । उनी तारबाट झर्न नमानेपछि माथिल्लो त्रिशुली थ्री ए र केही साना जलविद्युत आयोजनाको उत्पादन बन्द गरिएको हो ।

ककनी गाउँपालिका–७ स्थित त्रिशुली मातातीर्थ प्रशारण लाइनमा बेल्कोटगढी नगरपालिका–१३ घलेगाउँका माइला विक बिद्युत प्रशारण लाइनको खम्बाबाट तारसम्म पुगेका हुन् । उनी ७ घण्टादेखि तारमा समातेर बसिरहेका कारण विद्युत प्रवाह गर्न नसकिएको बिद्युत प्राधिकरणले जनाएको छ ।

प्रहरी र स्थानीय वासिन्दाले उनलाई सकुशल तल ओर्लन आग्रह गरिरहेका छन् । तर, उनले मानेका छैनन् । ‘सम्झाई बुझाई गर्दा एक पटक तल झरिसकेका थिए, तर अहिले उनी फेरि माथि नै रोकिएका छन् ।

अझै प्रहरी र स्थानीयले उनलाई सम्झाएर ओर्लन आग्रह गरिरहेका छन् । तर, उनी तारबाट हिडिरहेका छन् । ७ घण्टादेखि तारमै बस्दा तारबाट ओर्लदा नै खस्ने सम्भावना देखिएको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #बिद्युत उत्पादन, #माइला विक, #व्यक्ति विजुली प्रशारण लाइन

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं