अमेरिकी डलरको भाउ हालसम्मकै उच्च, नेपाली रुपैयाँ बन्यो थप कमजोर
काठमाडौं । नेपाली रुपैयाँ थप कमजोर भएको छ । नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च बनेको हो । बिहीबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १२४.६८ रुपैयाँ बिक्री दर तोकेको छ ।
करिब तीन सातामा डलरको भाउमा सामान्य कमी भएकामा पछिल्ला दिनमा लगातार बढिरहेको छ । बुधबार अमेरिकी डलरको विनियम दर १२४.६४ रुपैयाँ थियो । रुस र युक्रेन युद्धको असरको कारण भारतीय मुद्रा कमजोर भइरहेको छ । भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ ।
नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेकाले पनि केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुँदै गएको छ ।

क्याटेगोरी : अर्थ, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #अमेरिकी डलर, #नेपाली मुद्रा
ताजा खबर
- १बहुमतका आधारमा प्रतिनिधिसभाको उम्मेद्वार सिफारिस गर्दा रुकुमपश्चिमको कांग्रेसमा खैलाबैला !
- २उपाध्यक्ष देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्यो निलम्बन
- ३एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड बराबर ऋण दिने
- ४संसद् विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश
- ५एमाले महाधिवेशन–मतदान प्रक्रिया स्थगित, भोलि बिहान ८ बजेबाट हुने



तपाईको कमेन्ट लेख्नुहोस्