नेपालमा रहेका भारतीय नागरिकले आफ्नो विवरण दुतावासमा दर्ता गराउनु पर्ने
काठमाडौं । नेपालमा रहेका भारतीय नागरिकले अव काठमाडौंस्थित भारतीय दूतावास कार्यालयमा आफ्नो विवरण दर्ता गराउनु पर्ने भएको छ ।
काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासले एक सूचना जारी गरी कुनै पनि कूटनीतिक सुविधा पाउनका लागि भारतीय नागरिकले दर्ता गराउनु अनिवार्य गरेको छ । यसका लागि दूतावासको वेबसाइटमा गएर अनलाइन अपोइन्टमेन्ट बुक गर्न सकिने सूचनामा जनाइएको छ ।
दर्ताका लागि भारतीय नागरिक भएको प्रमाण (पासपोर्ट वा भोटर आईडी कार्ड), जागिर,विद्यार्थी आदिका लागि सम्बन्धित संस्थाको पत्र, नेपालमा बस्दै आएको ठेगानाको प्रमाण र दुई थान पासपोर्ट साइजको फोटो अनिवार्य हुने दूतावासले जनाएको छ ।

क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #भारतीय दूतावास कार्यालय, #विवरण दर्ता
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्